back
NMB ad

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई राम्रो, कुन राशिलाई अशुभ ?

Kumari bank ad

काठमाडौँ । आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ ।

सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ । सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

कुन राशिलाई राम्रो, कुन राशिलाई नराम्रो ?

ज्योतिषशास्त्रअनुसार खण्डग्रास यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् । मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेकोे सूर्य पञ्चांगले जनाएको छ ।

यस्तै, मृगशिरा नक्षत्र, आद्र्रा नक्षत्र र मिथुन राशिका व्यक्तिहरूले ग्रहण अवलोकन गरेमा अति कष्ट हुने ज्योतिष सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । ज्योतिषशास्त्रले राशिफलका आधारमा ग्रहण हेर्न हुने र नहुने बताए पनि खगोल विज्ञानले यसलाई अवैज्ञानिक तर्कका रूपमा लिँदै सुरक्षित लेन्सको प्रयोगले ग्रहण हेर्न सकिने बताएको छ ।

यो ग्रहण इतिहासकै दुर्लभ सूर्यग्रहण हो । यसलाई किन दुर्लभ ग्रहण भनिएको हो त ?एक त सूर्यलाई झन्डै ९० प्रतिशत ढाक्ने गरी लाग्ने ग्रहण, अर्को बार पनि रविवार अर्थात् सूर्यकै बार परेको छ । साथै ग्रहणका समयमा दुई नक्षेत्र (मृगशिरा र आरद्रा) परेका छन् । यस्तो विरलै पर्ने हुँदा दुर्लभ भनिएको हो ।

यो विशेष किसिमको ग्रहण भएकाले कोरोना महामारीले आतंकित बनाइरहेका बेला झनै अन्य प्राकृतिक विपत् आउने हो कि भन्ने भन्ने भय एकातिर छ भने अर्कोतिर ग्रहणपछि सबै कुरा मत्थर हुँदै जान्छ कि भन्ने झीनो आशा पनि पलाएको देखिन्छ ।

वैज्ञानिक दृष्टिमा ग्रहण लाग्नु खगोलीय एक घटना हो तर यस बेला पृथ्वीमा नकारात्मक विकिरण प्रवाह हुने कुरा वैज्ञानिकले पनि स्वीकारेका छन् । यस विकिरणले मानवस्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले सोझै आँखाले ग्रहणतिर हेर्नुहुँदैन ।

यसपालिको सूर्यग्रहण मिथुन राशिमा लाग्ने र राहु पनि मिथुन राशिमा भएकाले राहु मिथुन राशिबाट ननिस्केसम्म परिस्थिति अनुकूल हुँदैन । यस प्रसंगमा भारतका ज्योतिषाचार्य डा. राजनाथ झाले एक अनलाइन मिडियामा उल्लेख गरेका छन्– राहु मिथुन राशिबाट निस्किएपछि परिस्थिति बिस्तारै अनुकूल हुँदै जान्छ ।

पूर्वीय ज्योतिष सिद्धान्तअनुसार राहु–केतुकै कारण ग्रहण लाग्ने हुन्छ । त्यसैले राहु मिथुन राशिमा रहुन्जेल परिस्थिति अनुकूल नहुन सक्ने देखिन्छ । राहु आगामी भदौ २५ गते वृष राशिमा सर्छ । त्यसपछि कोरोना महामारी पनि साम्य हुने अनुमान गर्न सकिन्छ ।

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ । न्युज अफ नेपालबाट

वि.सं.२०७७ असार ७ आइतवार ०८:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...