back
Mega Long Ad

अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन बन्द गर्ने निर्णय ! (विज्ञप्तिसहित)

काठमाडौं । बागलुङको गलकोट नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन भन्दै नगरपालिका क्षेत्रमा आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको हो ।

एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

नगरप्रमुख शर्माले नगरवासीलाई हतोत्साही नहुन र स्वतःस्फूर्तमा व्यापार व्यवसाय, व्यवसाय र आवतजावतलाई पूर्णरुपमा बन्द गरी नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सघाउन प्रेस विज्ञप्तिमार्फत् अनुरोध पनि गरेका छन् ।

आइतबार बिहान गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै गल्कोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

वि.सं.२०७७ असार ७ आइतवार १०:४३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...