back
NMB ad

हिमाली क्षेत्रमा आर्थिक वर्ष फेरौं : सांसद् विष्ट

Kumari bank ad

पोखरा । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने वताएका छन । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट माथिको छलफल कार्यक्रममा वोल्दै हिमाली जिल्ला मुस्ताङ बाट प्रतिनिधित्व गर्ने सांसद विष्टले हिमालि क्षेत्रमा आर्थिक वर्षको सुरु र अन्त्य असार मसान्तमा नभै कार्तिक मसान्तमा हुनुपर्नेमा जोड दिएका हुन ।

सदनमा वोल्दै विष्टले हिमालि जिल्लामा हिउदको कार्तिक देखि फागुनको चार महिनामा भारि हिमपात हुने भएकोले बिकास निर्माणको कामसँगै दैनिक जीवनयापन समेत ठप्प हुने बताए ।

हिउँदमा भारी हिमपातका कारण जनजीवन ठप्प हुने र असार महिनामा बल्ल कामहरु भईरहने भयकाले असार मसान्तमा काम पूरा हुन नसक्ने उल्लेख गरे । सांसद् विष्टले असारमा नभई कार्तिकमा मात्रै आर्थिक वर्षको काम सकिने वताउदै आर्थिक वर्ष कार्तिकमा हुनुपर्नेमा जोड दिएका हुन ।

आर्थिक वर्षको अन्त्य हुनै लाग्दा हिमालि क्षेत्रका अधिकांस विकासका कामहरु जारि रहेको र उक्त काम कार्तिक मसान्त सम्ममा सकिने भएकोले सरकारले आर्थिक वर्षको समय हेरफेर गर्नुपर्ने उनको धारणा रहेको थियो ।

सांसद विष्टले यो आर्थिक वर्षमा गण्डकी प्रदेस सरकारले कोरोनाको महामारिको विचमा पनि उत्कृष्ट वजेट ल्याउन सफल भयको वताए । सांसद विष्टले गण्डकी प्रदेस सरकारले ल्याएको वजेटमाथी टिकाटिप्पणी गर्नुभन्दा पनि नीलो कितावलाई राम्रो सङ्ग अध्ययन गर्न विपक्षी दलका सासदहरुलाई आग्रह गरे ।

निलो किताब आकाश जस्तै छर्लङ्ग निलो भएकाले यसमाथी टिकाटिप्पणी गर्नुको कुनै औचित्य नभएको उनको भनाइ रहेको थियो । विकासको काम यो सरकारलेतीन वर्षको अवधिमा अघिल्लो सरकारहरुले भन्दा उत्कृष्ट काम गरेको वताउदै विकासको कामको अवलोकन गर्नका लागि समेत विपक्षी दलका सांसदहरुलाई आग्रह समेत गरे ।

वि.सं.२०७७ असार ७ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...