back
NMB ad

कोरोना नियन्त्रणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ

Kumari bank ad

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकता भएकोमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच रोटरी क्लव अफ पोखराद्धारा उपलव्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उहाँले यस महामारिका विरुद्धमा आम सर्वसाधारण पनि सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

विश्वव्यापी रुपमानै कोरोनाले पारेको असर न्यूनिकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नो तर्फबाट लाग्नु पर्नेमा जोड दिंदै उहाँले यस विरुद्धको लडाइमा सामुहिक सचेतता आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङलाई रोटरी क्लव अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्पmत उपलव्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा रोटरी क्लव अफ डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लवले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामाग्री र राहत उपलव्ध गराई सकेको जानकारी दिनुभयो ।

रोटरी क्लव अफ इन्टरनेशनले असारको दोश्रो हप्ता भित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परिक्षण मेरिन उपलव्ध गराउने तयारी भई रहेको उहाँले बताउनुभयो । कार्यक्रममा रोटरी क्लव अफ पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ असार ७ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...