back
NMB ad

अत्यावश्यक बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द

Kumari bank ad

स्याङ्जा । नगरपालिकाभित्र एकयुवामा कोरोना संक्रमण देखिएपछि चापाकोट नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका सबै सेवा बन्द गरेको छ ।

समुदायमा रही कोरोना संक्रमितलाई सेवा पु¥याउँदै आएका ती युवामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले स्वास्थ्य तथा अत्यावश्यक सेवाबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरेको हो।

आइतबार मात्र चापाकोट नगरका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो । ती मध्ये ५ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने अर्का एकजना समुदायमा बस्दै आएका थिए ।

समुदायमा कोरोना भाइरस संक्रमण भेटिएपछि चापाकोट नगरपालिकाले सबैलाई सचेत हुन आग्रह गर्दै उच्च सर्तकता अपनाउन सूचित गरेको छ ।
नगरप्रमुख शिवकुमार गिरीद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्न र अत्यावश्यक काम बाहेकका कामा बाहिर ननिस्कन समेत नगरवासीलाई अनुरोध गरिएको छ ।

भारतबाट आएका १३ र नगरवासी १ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गल्याङ नगर अस्पतालको आइशोलेसनमा १० जना र कालिका सामुदायिक अस्पतालमा ४ जना छन् ।

उनीहरुको अवस्था सामान्य छ । समुदायमा देखिएका संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब परीक्षणको तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमणको जोखिम न्यूनिकरण गर्न अर्को सूचना जारी नभएसम्मका लागि स्वास्थ्य सेवाबाहेक नगर र वडा कार्यालयका योजना र दैनिक प्रशासनिक सबै काम सोमबारबाट बन्द गरिएका छन् ।

वि.सं.२०७७ असार ८ सोमवार १३:४९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...