back
NMB ad

कृषि क्षेत्रमा रोजगारमुखी बजेट निर्माणको तयारीमा बागमती गाउँपालिका

Kumari bank ad

मकवानपुर ।  मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको जनाएको छ ।

सोमबार जिल्ला समन्वय समिति मकवानपुरबाट भएको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष सर्केश घलानले बिशेष रुपमा कृषि र पशुपालनमा आत्म निर्भर हुने बजेट निर्माणको तयारी हरेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजक्त्वमा गाउँपालिकाको समग्र योजना, विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा भएगरेका कामका विषयमा भउको अनुगमनका क्रममा गाउँपालिकाले कृषिमा बिशेष जोड दिने बताउनुभयो ।

उहाँले आगामी वर्ष भौतिक पुर्वाधार निर्माणलाई दोस्रो प्राथमिक्तामा राखेर विदेशबाट फर्किएकाहरुलाई गाउँमै रोजगारी सृजन गर्न सक्ने खालका योजना निर्माण गर्ने बताउनुभयो ।

सो क्रममा जिसस मकवानपुरका प्रमुख खुलालले बागमती गाउँपालिका आँफैमा बिकट गाउँपालिका भएकाले जनचेतना अभिबृद्धिसंगसैगै विगतका अनुभव र अहिलेको कोरोना माहामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

रोजगारीको समस्या समाधान हुने किसिमको बजेट निति कार्यक्रम तथा बजेट निर्माणमा जोड दिन आग्ह गर्नुभयो । यसका साथै प्रमुख खुलालले सामाजिक क्षेत्रमा बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्रीलगायतका क्षेत्रमा ध्यान दिदै स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा समेत ध्यान दिन सुझाव दिनुभयो ।

त्यस्तै उहाँले सहयोगापेक्षि सडक मानव मुक्त व्यवस्थापन, स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबललगायतका क्षेत्रमा बजेटको व्यवस्था गर्न तथा गाउँपालिकाको राजस्व् बृद्धिका लागि ढ्ंगा गिट्टी बालुवाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।

अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्जजन, नायवशुब्बा उपेन्द्रनाथ पोखरेललागयतको सहभागिता थियो । सो क्रममा गाउँपालिकाबाट भएका कामका बारेमा शाखागत रुपमा भएका कामका बारेमा जानकारी दिएका थिए ।

वि.सं.२०७७ असार ९ मंगलवार १२:०६ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...