back
NMB ad

व्यवसायीलाई ६ महिनासम्म भाडामा ५० प्रतिशत छुट

Kumari bank ad

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई घरबेटीले भाडामा ५० प्रतिशत छुट दिएका छन् । ठमेल क्षेत्रका करिब २ सय घरबेटीले ५० प्रतिशत रकम घर भाडामा छुट दिइसकेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

व्यवसायीले १ वर्षसम्म घर भाडामा छुट दिन घरबेटीलाई आग्रह गरेकोमा ६ महिनासम्म छुट दिने सहमति भएको हो । ठमेल पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं सल्लाहकार रामशरण थपलियाले ४० देखि ६० प्रतिशतसम्म छुट दिन घरबेटी सकारात्मक रहेको बताए । “हामीले एक वर्षसम्मलाई छुट दिन आग्रह गरेका छौं ।

६ महिनासम्मलाई ४० देखि ६० प्रतिशतसम्म छुट दिने घोषणा केही घरबेटीहरूले गर्नुभएको छ” उनले भने । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका ११ वटा व्यवसायी संस्थाहरूले एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट दिन घरबेटीलाई आह्वान गरेका थिए ।

५० प्रतिशत नै छुट दिने विषयमा औपचारिक रूपमा सहमति नभए पनि ७० प्रतिशत घरबेटी छुट दिन तयार रहेको उपाध्यक्ष शर्माले बताए ।
“व्यवसायी र घरबेटीबीच भाडा छुट दिने विषयमा औपचारिक सहमति भइसकेको छैन तर ७० प्रतिशत घरबेटी ५० प्रतिशत भाडा छुट दिन तयार हुनुभएको छ,” उनले भने । तर, २ सय घरबेटीले भाडा छुट दिइसकेको उनले बताए ।

पर्यटन क्षेत्रसँग सम्बन्धित करिब ५ हजार व्यवसाय ठमेल क्षेत्रमा रहेको अनुमान गरिएको छ । ठमेल क्षेत्रमा न्यूनतम ५० हजारदेखि ५ लाखसम्म मासिक भाडा तिर्दै आएको थपलियाले बताए । -बाह्रखरी अनलाइनबाट

वि.सं.२०७७ असार ९ मंगलवार १३:१० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...