back
NMB ad

कोरोना महामारी : विश्वभरमा ४ लाख ७४ हजारभन्दा बढीको मृत्यु, ९१ लाख ९४ हजार बढी संक्रमित

Kumari bank ad

जेनेभा । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मंगलवार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ४१ हजार ७४६ जना निको भएका छन् ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करीब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ८८ हजार २२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार ६११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा १८ लाख १७ हजार ३२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७२ हजार ६२९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा २७ लाख ७४ हजार ८६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५६ हजार २२३ जनाको मृत्यु भएको छ ।
युरोपमा २३ लाख २७ हजार ७२३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ९५४ को मृत्यु भएको छ ।

एशियामा १९ लाख ४६ हजार ३७९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४९ हजार १८७ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ३ लाख १८ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ३७१ जनाको मृत्यु भएको छ ।

ओसियानामा ९ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । रासस/एएफपी

वि.सं.२०७७ असार ९ मंगलवार १४:२४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...