back
NMB ad

‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ भोलि सार्वजनिक हुने !

Kumari bank ad

काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र नयाँ एप मार्फत दर्शकमाझ आउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ भोलि बुधबार सार्वजनिक हुने छन् ।

दुईवटै चलचित्र स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्नेछन् । ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ ‘चलचित्र टिभी एप’मार्फत सार्वजनिक हुन लागेको दीपकराज गिरीले जानकारी दिए । यो एप भोलि पहिलो पटक रिलिज हुन लागेको हो । यसमा नेपालबाट नायिका ऋचा शर्मा आवद्ध छिन् ।

‘चलचित्र टिभी एप’ ले दीपकराज गिरीका ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ किनेर पहिलो पटक दर्शकमाझ आउन लागेको हो । तोकिएको रकम तिरेपछि दर्शकले चलचित्र हेर्न पाउने छन् ।

यी दुई चलचित्रबाट एड्भान्स स्वरुप दीपकसहितको निर्माण समूहले २० लाख रुपैयाँ लिएको छ । “अहिले एड्भान्सका रुपमा २० लाख रुपैयाँ लिएका छौं,” दीपक बाह्रखरीसँग भन्छन्, “बाँकी ६०/४० मा सम्झौता गरेका छौं ।” उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’को हुनेछ ।

नेपालमा एउटा बलियो चलचित्रको डिजिटल एपको आवश्यकता रहेको भन्दै उनले यो एपलाई आफूले भोलिका दिनमा सशक्त र भरपर्दो एपका रुपमा हेरेको बताए । “नेपालमा एप नभएका होइनन्, तर विश्वास योग्य भएनन् । तर यसले सुरुमै २० लाख खर्च गरेर चलचित्र किन्ने आँट गरेकाले पक्कै पनि राम्रो बनाउनु भएको छ भन्ने विश्वास लागेर बेचेका हौं,” उनले भने, “आन्तरिक रुपमा परीक्षण गरेर पाइरेसी गर्न नसक्ने गरी भरपर्दो बनाएका छौं भनेपछि बेचेका हौं ।”

नेपाली चलचित्र तत्काल नेटफ्लिक्स तथा अमेजनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको भन्दै दीपक यो आवश्यकतालाई ध्यानमा राखेर आफूले ‘चलचित्र टिभी एप’सँग सहकार्य गरेको बताउँछन् ।

अब नेपाली चलचित्रले युट्युबको विकल्प खोज्नु पर्नेमा उनको जोड छ । नेपाली चलचित्र प्रायः युट्युबमा अपलोड हुने गरेका छन् । युट्युबबाट निकै कम पैसा आउँदा निर्मातालाई फाइदा हुँदैन । त्यसैले अब नेपाली चलचित्र पनि एपमा जानुपर्ने र यसका लागि भरपर्दो डिजिटल प्लेटफर्मको आवश्यकता रहेको चलचित्रकर्मीहरु बताउँदै आएका छन् ।

‘चलचित्र टिभी एप’ बाहेक नेपालमा अरु दुईटा चलचित्रलाई लक्षित गर्दै डिजिटल प्लेटफर्म आउने अन्तिम तयारीमा छन् । ‘छक्का पञ्जा–३’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो भने ‘छ माया छपक्कै’ दीपेन्द्र लामा निर्देशित चलचित्र हो । यी दुवै चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेका चलचित्र हुन् । -बाह्रखरी अनलाइनबाट

वि.सं.२०७७ असार ९ मंगलवार १५:०८ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...