back
NMB ad

शीर्ष नेताहरुसँग छलफल गर्दै राष्ट्रपति भण्डारी

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीहरूसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफलका लागि पूर्वप्रधानमन्त्रीहरूसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज चार बजे बोलाइएको छ हो । राष्ट्रपतिको सचिवालयका तर्फबाट नेताहरूलाई राष्ट्रपति भण्डारीले भेटघाट गर्न खोज्नुभएको भन्दै खबर गरिएको छ ।

प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाकै वरिष्ठ नेताद्वय तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, समाजवादी जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका दलका नेताहरू राष्ट्रपतिसँगको भेटघाट र छलफलमा सहभागी हुनेछन् ।

पछिल्ला राष्ट्रिय मुद्दामा विषयमा राष्ट्रपतिले शीर्ष नेताहरुसँग सामूहिक संवाद गर्न चाहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिएका छन । छलफलमा नेपालको नयाँ नक्सा प्रकाशन लगायतका काममा राजनीतिक दलहरूको एकताप्रति राष्ट्रपतिले नेताहरूमार्फत धन्यवाद दिने बताइएको छ ।

वि.सं.२०७७ असार १० बुधवार ११:५१ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...