back
NMB ad

नेकपा स्थायी समिति बैठकका ५ एजेण्डा तय, के-के छन् एजेण्डामा ?

Kumari bank ad

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको छलफलपछि बैठकका ५ वटा एजेण्डा तय भएका हुन् ।

एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्नुहुनेछ ।
त्यस्तै दोस्रो एजेण्डा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ ।

सरकारका काम कारवाहीबारे छलफल विषय समेत तोकिएको छ । सरकारका कामका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या समाधान र अन्य गरी तीन उपशीर्षक रहेका छन् ।

नेकपा नेतृत्वको सरकार पार्टीको सुझाव विपरित एकलौटी ढंगले चलेको भन्दै नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । त्यस्तै पार्टी एकताका बाँकी कामहरुबारे पनि छलफलको एजेण्डा बनाइएको छ ।

गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेपनि एकता प्रकृया टुङ्गिएको छैन । बैठकको एजेण्डामा एमसीसीलाई चार नम्बर बुँदामा राखिएको छ भने ५ नम्बरमा विविध छ ।

खासगरी नेकपामा एमसीसीबारे चर्को विवाद छ । एमसीसीको मुल सम्झौता संशोधन नगरी स्वीकार गर्न नहुने पार्टी कार्यदलले सुझाव प्रतिवेदन बुझाइसकेको छ ।

वि.सं.२०७७ असार १० बुधवार १२:०० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...