back
NMB ad

स्वावलम्बन लघुवित्तको शेयर कारोबार फुकुवा

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्वावलम्म्बन लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनी रजिष्ट्रारको कार्यालयले असार ५ गते गरेको पत्रको आधारमा उक्त कम्पनीको रोकिएको शेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीको २६ प्रतिशत बोनस शेयरमा वितरणमा अन्योल भएको भन्दै नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयकै पत्रको आधारमा गत फागुन २० गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त कम्पनीलाई २६ प्रतिशत बोनस पश्चात चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार कायम गर्न स्वीकृति दिएकोमा भुल भएको भन्दै त्यस निर्णयलाई कार्यान्वयन नगराउन नेप्सेलाई पत्र पठाएको थियो ।

गत असार ५ गतेको पत्रमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार फुकुवाको लागि भनिएकाले नेप्सेले फुकुवा गर्ने निर्णय गरेको हो । कम्पनीले भने २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश समेत गत पुस २० गते १८ औं वार्षिक साधारण सभामार्फत पारित गरीसकेको छ ।

पारित नगद लाभांश वितरण गरिसकेको उक्त कम्पनीले बोनस शेयर सूचीकरणका लागि काम भइरहेको बताएको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार १२:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...