back
NMB ad

बागमती प्रदेश सरकारमार्फत स्थानीय तहलाई ७ अर्ब : कुन क्षेत्रलाई कति ?

Kumari bank ad

रिपेश दाहाल, हेटौंडा । बागमती प्रदेश सरकारले बजेटको कार्यान्वयनमा स्थानीय तहलाई प्रोत्साहन गर्नेगरी स्थानीय तहहरुलाई ७.२४ अर्ब वित्तीय हस्तान्तरण गर्नेभएको छ ।

संघीयतालाई सफल बनाउन स्थानीय तहलाई भरोसा गर्नुको विकल्प नभएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल बताउनुहुन्छ । स्थानीय तहलाई विश्वास गरेरै मोटो रकम हस्तान्तरणको योजना बनाइनुलाई संघीयताको सुखद पक्षको रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

स्थानीय तहहरुले सरकार मार्फत प्राप्त गर्ने बजेटको प्रमुख उद्देश्य कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार लगायत नै हो । यसलाई पूरा गर्न तिनले स्वास्थ्य संस्थाको स्तरोन्नती, विस्तार र स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धतालाई उच्च प्राथमिकतामा राख्नुपर्ने छ ।
प्रदेशले बजेटको प्राथमिकता समेत परिवर्तन गरेको छ । अघिल्ला वर्षहरुमा पूर्वाधार विकासमा जोड दिएको प्रदेशले यो वर्षको बजेटमा भने कृषि तथा रोजगार प्रवद्र्धनको कार्यक्रममा जोड दिएको छ ।

कृषि :

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कृषि मुख्य प्राथमिकतामा परेको छ । सरकारले दुध उत्पादन गर्ने किसानलाई दिदै आएको अनुदानमा शतप्रतिशत वृद्धि गरेको छ ।

प्रदेशका १३ वटै जिल्लामा दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा दिइदै आएको प्रति लिटर १ रुपैँयालाई शतप्रतिशत वृद्धि गरी दुधमा प्रति लिटर २ रुपैयाँका दरले दुग्ध कृषककै खातामा जम्मा हुने गरी बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

मन्त्री ढुंगेलले संरक्षित कृषि, सुनिश्चित बचतको नारा साथै नेपालको संविधानमा उल्लेखित खाद्य सुरक्षाको हक कार्यान्वयन गर्न संघीय सरकार तथा स्थानीय तह समेतको समन्वय र सहकारितामा किसानहरुद्वारा उत्पादित धान, मकै, गहुँ, कोदो, फापर, आलुमा न्यूनतम वचत ग्यारेन्टी सहितको न्यूनतम समर्थन मूल्य निर्धारण गरी कार्यान्वयन गर्नका लागि बजेट व्यवस्था गरिएको बताउनुभयो ।

संघीय सरकारको सहयोग र समन्वयमा प्रदेशका ११९ वटै स्थानीय तहमा कृषकको चाहना र भौगोलिक उपयुक्तताका आधारमा दुई दुई वटा कृषि, पशुपंक्षीका पकेट र प्रत्येक स्थानीय तहमा एकएक वटा कृषि, पशुपन्क्षीका ब्लक संचालन गर्ने व्यवस्था गरेको बजेटमा जनाइएको छ ।
त्यस्तै कृषि, पशुपन्छी तथा मत्स्य फार्म केन्द्रहरुलाई व्यापक सुधार गरी हाल भइरहेको उत्पादन क्षमतालाई दोब्बर वनाउन र किसानहरुलाई सर्वसुलभ ढंगबाट बीउ, वेर्ना र माछाको भुरा तथा बाख्राको ब्रिड उपलब्ध हुने व्यवस्थाका लागि बजेट व्यवस्था गरेको जनाइएको छ ।

स्वास्थ्य

बागमती  प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हेटौँडा अस्पताललाई स्तरोन्नीती गरी ३०० सैयाको अस्पतालमा विकास गरिने भएको छ ।

साथै प्रदेश राजधानी हेटौंडामा शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्थापना गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चाालन गरिने भएको छ ।

सरकारले भर्खरै प्रस्तुत गरेको बजेट अनुसार भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १०० सैया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नती गर्ने, धादिङ र सिन्धुपाल्चोकको चौतारालाई ५० सैया तथा रामेछाप र रसुवा अस्पताललाई २५ सैया क्षमतामा स्तरोन्नती गरी सुदृढीकरण गरिने छ ।

प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश अस्पताल बनाइने उल्लेख छ । अस्पताललाई स्वच्छ, सफा र हराभरा राख्ने र वाग्मती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधीको उपलब्धता सुनिश्चित गर्ने जनाइएको छ ।

नसर्ने रोगको समयमै पहिचान र रोकथाम गरी नागरिकको जनधनको रक्षा गर्न विगतका वर्ष देखिनै सञ्चालनमा रहेको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ परिमार्जन गरी स्थानीय तहसम्म विस्तार गरिने तथा क्यान्सर रोग लागेका विपन्न नागरिकलाई संघीय सरकारले प्रदान गरेको सहुलियतमा थप सहुलियत दिइने व्यवस्था मिलाइने भएको छ ।

क्यान्सर अस्पतालहरूसँगको सहकार्यमा महिलाको पाठेघर एवम् स्तन क्यान्सरको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइने, मृगौला रोगीका लागि डायलासिस सेवा प्रदेशका जिल्ला अस्पतालहरूमा विस्तार गरिने, नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पँहुचको सुनिश्चितताका लागि अस्पताल नभएका प्रादेशिक निर्वाचन क्षेत्रमा रहेका कम्तीमा एक स्वास्थ्य संस्थालाई सेवा विस्तार एवम् सुदृढीकरण गर्न स्थानीय तहलाई सहयोग गर्ने, प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्च कर्म तथा योग सेवासहित सुदृढीकरण गर्ने, प्राकृतिक एवम् वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गर्ने, प्रदेश मातहत रहेका अस्पतालबाट नागरिकलाई ‘एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आगामी आर्थिक वर्षबाट परीक्षणका रूपमा कार्यक्रम शुरूवात गर्ने, मातृ तथा नवजात शिशु सेवालाई सुदृढीकरण गर्दै प्रदेश मातहतका सबै अस्पतालमा सिइओएनसी सेवाको सुनिश्चितता गर्ने, महिलाहरूमा विद्यमान आङ्ग खस्ने समस्याको रोकथाम तथा उपचारको व्यवस्थालाई सबै प्रादेशिक अस्पताल र घुम्ती शिविरमार्फत सहज तुल्याइने, कुपोषण लगायत बाल स्वास्थ्य समस्याहरूको रोकथाम तथा व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिदै प्रदेशमा बसोबास गर्ने अति सिमान्तकृत एवम् लोपोन्मुख जातीहरूको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने कार्यक्रम सञ्चालनमा ल्याउने, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यकतामा आधारित दक्ष प्रसुतीकर्मी, शल्यक्रिया कक्ष व्यवस्थापन लगायत सीप र दक्षता अभिवृद्धि गर्ने तालिम दिई स्वास्थ्यकर्मीहरूको क्षमता बढाइने, स्वास्थ्य र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरूमा स्वास्थ्य सेवा, बाल स्वास्थ्य प्रवद्र्धन, प्रजनन् तथा यौन स्वास्थ्य परामर्श जस्ता सेवा प्रवाह गर्न ‘एक माध्यामिक विद्यालय एक नर्स’ कार्यक्रमलाई विस्तार गर्दै लाने, निजी र संस्थागत माध्यामिक विद्यालयमा समेत एक विद्यालय एक नर्स कार्यक्रम अनिवार्य रूपमा लागु गर्न स्थानीय तहसँग समन्वय गर्ने , महिला स्वयंसेविकाहरूलाई दिइदै आएको सञ्चार खर्चलाई निरन्तरता दिइने, राजमार्गमा हुने दुर्घटनाका घाइतेको शीघ्र उपचार तथा उपयुक्त अस्पतालमा पठाउने व्यवस्था मिलाउन सडक क्षेत्रको निश्चित दूरीमा रहेका स्थानीय तहसँग सहकार्य गरी सरकारी एवम् सामुदायिक स्वास्थ्य संस्थाहरूलाई सुविधा सम्पन्न एम्बुलेन्ससहित आवश्यक उपकरण र तालिम दिई त्यस्ता संस्थालाई “दुर्घटना रेस्पोन्स सेन्टर” को रूपमा विस्तार गरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि तथ्यमा आधारित योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्न तीनै तहका सरकारसँग समन्वय र सहकार्यमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र आपूर्ति व्यवस्थापन सूचना प्रणालीलाई सुदृढीकरण गर्ने, अस्पतालजन्य फोहोरमैलाको आधुनिक र उपयुक्त प्रक्रियाबाट विसर्जन गर्ने कार्यलाई अघि बढाइने, प्रदेश अन्तर्गतका स्वास्थ्य निकायहरूको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक औजार उपकरण व्यवस्थापन र नियमित मर्मत सम्भारको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, युवा खेलकुद र सामाजिक विकासको क्षेत्रमा सूचना प्रविधिको अधिकतम् उपयोग गरी सेवा प्रवाहलाई चुस्त र अभिलेख व्यवस्थापन प्रणालीलाई सुदृढ गर्न संस्थागत तथा व्यक्तिगत क्षमता विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

पूर्वाधार :

प्रदेशले गौरवको रुपान्तरणकारी आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भिमफेदी–कुलेखानी) को निर्माण कार्य संघीय सरकारको सहकार्यमा आगामी चार वर्षमा सम्पन्न गरिने लक्ष्य सहित आवश्यक बजेटको व्यवस्था गरेको छ ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले नजिकैको कालोपत्र सडकबाट स्थानीय तहहरुको केन्द्र जोड्ने सडकहरु बाह्रै महिना सञ्चालन हुने सडकको रुपमा स्तरोन्नति गर्न आगामी पाँच वर्षमा सम्पन्न हुने नीति अनुरुप बजेट व्यवस्था गरिएको बताउनुभयो ।

प्रदेश भित्रका गाउँपालिकाहरुमा स्थायी बसोबास गर्ने, मानव विकास सूचाङ्क न्यून भएका र आफ्नै स्वामित्वमा जग्गा भएका दलित, सिमान्तकृत, पिछडिएका बस्तीहरुमा खरको छाना विस्थापन गर्न खरको छानामुक्त प्रदेश कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको, ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइएको बागमती  प्रदेश पूर्ण उज्यालो कार्यक्रम मार्फत् स्थानीय तहका सबै वडामा आगामी आर्थिक वर्ष भित्र विद्युतीय वा वैकल्पिक ऊर्जाबाट उज्यालो पुर्याउन आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । -रासस

वि.सं.२०७७ असार ११ बिहीवार १६:५२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...