back
NMB ad

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा

Kumari bank ad

काठमाडौं । ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातत्व विभागले जनाएको छ ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनले भने, ‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’

चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उनले स्पष्ट पारे । उनका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् ।

केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उनले स्पष्ट पारे ।

दरबारको पुनर्निर्माण पूर्ण रूपमा पुरानो शैलीमा भइरहेको छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउनुका साथै फलामे डण्डीको खट बाँधी दरबारको पुनर्निर्माण गरिँदैछ । माटोको जोडाइमा निर्माण गरिएको नौतले दरबार अहिले चुना र सुर्कीबाट बनेको बज्रबाट पुनर्निर्माण गरिँदैछ । पुनर्निर्माणको क्रममा भूकम्पबाट क्षतिग्रस्त भत्काउने र निर्माण गर्ने कार्य एकसाथ सुरु गरिएको छ ।

हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले नौतले दरबार निर्माणको मुख्य काम सम्पन्न भइसकेको बताउँदै अहिले ‘फिनिसिङ’ को काम भइरहेको जानकारी दिए ।

उनका अनुसार मसिना केही काम बाँकी छन् । दरबारको नौतलामा राखिएको गजुरमा सुन वा अन्य कुन धातुको जलप लगाउने भन्ने विषयमा छलफल भइरहेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार १२ शुक्रवार ०८:०८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...