back
NMB ad

लकडाउनमा थप कडाई : व्यवसाय तथा पसलहरु बन्द गर्ने, हिँडडुलमा पूर्ण रुपमा निषेध !

Kumari bank ad

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाऊँपालिका सिल गर्ने निर्णय भएको भिमसेन गाउँपालिकाले गोरखाले जनाएको छ।

गाउँपालिकाले पालिकाभर बन्दाबन्दीको घोषणा गरेपछि सदरमुकामबाट थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा ब्यवस्थामा कडाई र लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सघाउने उदेश्यले थप सुरक्षाकर्मी पठाइएको हो। सिसिएमसी गोरखाको बैठकले सुरक्षाकर्मीको संख्या बढाउने निर्णय गरेको थियो ।

हिजो बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको हो।

गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद्योग, व्यवसाय तथा पसलहरु बन्द गर्ने र एक वडाबाट अर्को वडासम्म अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाउने पनि निर्णय गरेको छ ।

यस्तै पालिकाभित्र रहेका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल बिहान ६ बजेदेखि सवबहान १० बजेसम्म मात्रै सञ्चालन गर्ने, समाजमा जुवातास खेल्ने, हुलहुज्जत तथा झगडा गर्ने तथा समूह बनाई हिँडडुल गर्ने जस्ता कार्यलाई पूर्ण रुपमा निषेध गर्ने साथै एक साताका लागि पालिकाभित्रका स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सरकारी कार्यालयबाट हुने सेवा प्रवाह हाललाई बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ ।

हालसम्म भिमसेन थापा गाउँपालिकाका २ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ। जसमध्ये २६ जनामा कोरोना पुष्टी भएको छ। अन्य सबैको रिपोर्ट नेगेटिभ आएको र ७७ जना क्वारेन्टिनमा बस्दै आएको गाउँपालिकाले जनाएको छ। यो गोरखा जिल्लाको सबैभन्दा बढि कोरोना संक्रमित भएको गाउँपालिका हो ।

यी निर्णयको अवज्ञा गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यता गाउँपालिकाले बन्दाबन्दीको घोषणा गरेपनि सवारी साधन यथावत् चलेको स्थानीयहरु बताउछन् । उनीहरुले गाउँपालिका सिल गरेपनि आवतजावत र पसलहरु प्रयाप्त मात्रामा खुलिरहेको बताए।

वि.सं.२०७७ असार १२ शुक्रवार १६:२२ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...