back
NMB ad

‘सलह’ मारेर ल्याउनेलाई किलोको २० रुपैयाँ दिइने, यस्तो आयो सूचना !

Kumari bank ad

बुटवल । पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको हो ।

प्रदेश ५ मा सलह भित्रिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सचिव र स्थानीय तहका जनप्रतिनिधिसहितको आकस्मिक बैठक बसेको थियो ।

बैठकले सलह फैलिएको क्षेत्रमा विषादी छर्ने व्यवस्था गरेको छ । धानको ब्याड जोगाउन प्लाष्टिक, झुलले भए पनि छोपेर राख्न किसानलाई आग्रह समेत गरेको छ ।

किसानले किरा मारेर बुझाए प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए । ‘पाकिस्तानले यही मोडल अपनाएर क्षति कम गर्न सफल भएको रहेछ, हामीले पनि त्यही उपाय अवलम्बन गरेका छौं’, उनले भने । मन्त्रालयको निर्णय बमोजिम नगरपालिकाले किसानलाई सार्वजनिक आह्वान गर्दै विषादी छर्ने तरिका समेतको सूचना प्रवाह गरेका छन् ।

सलहका अहिलेको मौसम प्रतिकुल रहेको छ । उच्च गर्मी अथवा मरुभूमि जस्तो वालुवा भएको क्षेत्रमा यो किराले अण्डा उत्पादन र सन्तान बृद्धि गर्छ । प्रवक्ता घिमिरेले भने–‘हाम्रो क्षेत्रमा वर्षा भइरहेकाले यसले सन्तान बृद्धि गर्न सक्दैन ।’ सन्तान उत्पादन गर्न नसके धेरै क्षति नहुने अनुमान उनले गरे ।

दक्षिणतर्फबाट उत्तरतर्फ हावा बहिररहेकाले रुपन्देहीबाट नेपाल प्रवेश गरेको सलह गुल्मी र पाल्पा जिल्लामा बास बस्न सक्ने अनुमान घिमिरेले गरे । यो सलहले जहाँ बस्यो त्यहाँ अध्याधिक क्षति गर्ने गर्दछ । मन्त्रालयले पालिकामा रहेका कृषि शाखाका र जिल्लास्थित ज्ञान केन्द्रका कर्मचारीहरुलाई बासस्थानको पत्ता लगाई विषादी छर्किन निर्देशन समेत दिएको छ ।

मालाथियान ३ एमएल १ लिटर पानीमा वा क्लोरोपाइरीफस नामक विषादी २ एमएल प्रतिलिटर पानीमा घोली किरामा पर्ने गरी स्प्रे गर्न मन्त्रालयले सूचना जारी गरेको छ । -अन्नपूर्ण पोष्ट अनलाइनबाट

 

वि.सं.२०७७ असार १३ शनिवार २१:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...