back

नेपालमा थप ४६३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ । आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१ र आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख १५ हजार आठ सय ३९ र आरडीटी विधिबाट दुई लाख ९६ हजार सात सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।

वि.सं.२०७७ असार १४ आइतवार १६:२६ मा प्रकाशित

You can share this post!

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...

नयाँ गठबन्धनबाट पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

नयाँ गठबन्धनबाट पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

वि.सं.२०८० फागुन २१ सोमवार १४:०६

काठमाडौं । सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन...