back
NMB ad

विश्‍वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो : ५० लाखभन्दा बढी निको भए, करिब ५ लाखको मृत्यु

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार आइतबार दिउँसो कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या एक करोड एक हजार ५ सय २७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार १ सय २४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५० लाख ६५ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार दिउँसोसम्म २५ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब ६ लाख ८० हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब १३ लाख १३ हजार संक्रमित भएका छन् भने करिब ५७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ७ लाख २७ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ६ लाख ३३ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट ९ हजार ६० जनाको मृत्यु भएको छ । रुसका ३ लाख ९८ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा बढी नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ३ लाख ९ हजार निको भएका छन् ।

विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।

वि.सं.२०७७ असार १४ आइतवार १७:११ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...