काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य प्रतिकित्ता रू. ५४७ तोकेको हो ।
कम्पनीले असार २६ गते साधारण सभा आयोजना गरेको छ । साधारण सभा होटल आर्किड परिसर त्रिपुरेश्वर, काठमाडौंमा ११ बजे हुनेछ । साधारण सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०७७ असार १५ सोमवार १०:४४ मा प्रकाशित