back
NMB ad

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय, आवतजावतमा कडाइ

Kumari bank ad

बागलुङ । क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ।

गएराति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ। एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारीसाधन भने चल्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए। अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारीसाधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उनको भनाइ छ।

क्वारेन्टिनबाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टिन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ ।

क्वारेन्टिनको सुरक्षा र व्यवस्थापकीय काममा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको जनाइएको छ। गाउँपालिकाले हिजो जारी गरेको विज्ञप्तिमा थप सजगता र कोरोना नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्नुपरेको उल्लेख छ।

गाउँपालिकाले कोरोना रोकथाम अभियानमा आम जनसाधारणसहित सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरेको छ। शनिबार साँझ वडा नम्बर ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टिनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पु¥याउने महिला र उनका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ। तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। उनका अनुसार जिल्लामा विदेशबाट आएका बाहेकमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो। -रासस

वि.सं.२०७७ असार १५ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...