back
NMB ad

असोज–कात्तिकभित्र माथिल्लो तामाकोशीबाट बत्ती बाल्ने लक्ष्य

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाकै सबैभन्दा जोखिम तथा चुनौतीपूर्ण मानिएको माथिल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप राख्ने कार्य सम्पन्न भएसँगै आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

करिब १ हजार फिट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्टमा पाइप राख्ने कामलाई आयोजनाले खुड्किलाका रूपमा लिएको थियो । यसअघि गत जेठ महिनामा करिब १ हजार २ सय फिट (३६७ मिटर) अग्लो तल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप जडान सम्पन्न भइसकेको छ । ती स्याफ्टहरू २७ टनसम्मका ५ मिटर लम्बाइका पाइप एकरएक गर्दै झार्नु आफैमा अत्यन्त जोखिम रहेको थियो ।

वेल्डिङ गर्दा धुवाँको मुस्लो हटाउन कठिनाइ हुँदा कामदारलाई काम गर्नु समस्या आउनु, पानी तर्काउने कार्यमा समस्या आउनु अनि ढुंगा माथिबाट झर्ने डर भइरहँदा चुनौतीपूर्ण र खतरायुक्त थिए । दुवै स्याफ्टमा सानातिनाबाहेक कुनै पनि प्रकारको दुर्घटना नभएको आयोजनाले जनाएको छ ।

पेनस्टक पाइपको कार्य सम्पन्न गर्ने भारतीय कम्पनी टेक्स्म्याको तथा खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनियाँ कम्पनी सिनोहाइड्रोले गर्दै आएका छन् । साथै तल्लो पेनस्टक स्याफ्ट एन्द्रिज हाइड्रो कम्पनीले सम्पन्न गरेको थियो ।

अब आयोजनाको काममा स्याफ्टहरूजस्तो जोखिमपूर्ण कार्य नभए पनि केही महत्वपूर्ण कार्यजस्तो तेर्सो सुरुङमा पेनस्टक पाइप जडान, ग्राउटिङ र लाइनिङका कार्य, अन्य फिनिसिङका कार्य तथा त्यसपछि प्रेसर टेस्टिङका कार्य बाँकी छन्, जसलाई लकडाउनले गर्दा केही असर पर्ने अवस्था अझै रहेको छ ।

आयोजनाका अनुसार सहज ढंगले काम अगाडि बढेमा बाँकी काम आगामी तीन महिनाभित्र सम्पन्न गरी आउँदो असोज–कात्तिकभित्र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बत्ती बाल्न सकिने  नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।

वि.सं.२०७७ असार १६ मंगलवार ०८:३६ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...