back
NMB ad

विवाहको ६ महिनामा सिउँदो पुछिएकी बुहारीको ससुराद्वारा यौनहिंसापछि विभत्स हत्या

Kumari bank ad

बुटवल । प्रदेश ५ को कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर–८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापाको असार १ गते राति मकवानपुरको हेटौडा नगरपालिका वडा–४ सूर्यचोकस्थित घरको भान्छा कोठा भित्र विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

विवाह भएको छ महिना नपुग्दै दुर्घटनामा श्रीमान्को मृत्यु भएर सिन्दुर पुछिएकी थापाको त्यसको तीन महिना नपुग्दैससुरा प्रकाश थापाले विभत्स हत्या गरेको खुलेको छ । घटनाको केहि दिनअघि ससुरा प्रकाश थापाले आफूमाथि यौनहिंसा गरेको नोट सुस्मिताले लेखेको र ह्वाटस् एपमार्फत अरुलाई समेत शेयर गरेको पाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले सोमवार जानकारी दिए ।

यौनहिंसाको घटना बाहिर आउने डरले तथा मृतक छोराले काम गर्ने स्थानबाट ४० लाखभन्दा बढी विमा रकम आउने हुँदा बुहारीलाई परिवारका सबै सदस्य मिलेर विभत्स हत्या गरेको पाइएको डिएसपी रानाले बताए ।

हत्यामा ससुरा, सासु तुलसा थापा, नन्द सीता थापा र अमाजु दुर्गा थापा संलग्न रहेको सोमवार उनीहरुलाई सार्वाजानिक गर्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । सुस्मितका श्रीमान शिव भनिने रुपेन्द्र थापाको दुर्घटनामा मृत्यु हुँदा पाउने बीमा रकम १० लाख ६३ हजार रुपैयाँ ससुरा प्रकाश थापाले नै बुझेको समेत खुलेको प्रहरीले बताएको छ ।

असार १ गते राति भान्छा कोठामा थुनेर सिरानी लगायतको कपडाले मुख छोप्दै लठ्ठी र सिलाउटाको लोहराले कुटेर हत्या गरेर ढोका बन्दै गर्दै झ्यालबाट बाहिर निस्केका ससुरा प्रकाश थापा अर्को दिन बुहारीले कोठामा आत्माहत्या गरेको भन्दै प्रहरीलाई खबर गरिदिन गाउँवासीलाई भनेका थिए ।

सुस्मिताका बाबु कृष्ण केसीका अनुसार घटनास्थलमा सुस्मिताको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । ‘छोरीको हत्याको खवरले विक्षिप्त बनेकी उनकी आमालाई मैले सम्हाल्न थाले र छोरीको शव हेर्न जान सकिनँ । तर, शव हेर्न जाने आफन्तहरु भन्छन टाउँकोमा चार ईन्च गहिरो चोट थियोे,’ सुस्मिताका बाबु कृष्ण केसीले भने ।

भव्य विवाह भएको थियो

सुस्मिताका बाबु कृष्ण केसी भारतिय सेनाका अवकास प्राप्त व्यक्ति हुन् । उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन् । एक मात्र छोरी सुस्मिताको स्नातक सकेर विवाह गराउने रहर त्यो परिवारमा थियो । त्यही क्रममा एक जना आफन्तजले गत वर्ष लगनको महिना बैशाखमा हेटौडाका रुपेन्द्र थापासँग सुस्मिताको विवाह गराउने प्रस्ताव बाबु संग राखे ।

छोरी सुस्मिता दिल्लीमा स्नातक गर्दै थिईन । सुस्मितालाई केटाको फोटा मगाएर हेर्न पठाइएको थियो । बाबु केसी भन्छन्– ज्वाईं ईन्जिनियर हुनुहुन्थ्यो । आमासँग केटा त ठिकै छ तर टाढा भयो भन्ने जवाफ दिएकी थिइन् । त्यसपछि टाढा भएर केही गर्दैन भनेर मनाइयो । छोरीको २३ वर्षको उमेरमा २०७६ बैशाख १८ गते धुमधामका साथ विवाह भएको थियो ।’

विवाहको ६ महिना मै पुछियो सिन्दुर

सुस्मिताकी आमा गंगा केसी भन्छिन्, ‘दशैँमा ज्वाईं टिका थाप्न आउनु भएको थियो । छोरी यतै थिइन् । पल्टनबाट छोरा पनि आएकोले छोरीको विवाहको पहिलो दशैँ सपरिवार बसेर मनाइएको थियोे । टिका थापेर मोटरसाइकलमा घर फर्किदै हुनुहुन्थ्यो । असोज २३ गतेका दिन थियो, दाउन्ने पुग्दा ट्रिपरले उहाँको मोटरसाइकललाई ठक्कर दिएर ज्यान गएको थियो ।’

यसरी विवाहको छ महिना नपुदै पति वियोगको पीडा सहेर बसेकी सुस्मिता दिल्लीमा मास्टर डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन् । त्यही बेलामा लकडाउन सुरु भयो ।

बाबु केसी भन्छन्, ‘मैले सम्धीलाई बीचमा फोन गरेर पठाइदिनुप¥यो भनेको पनि हुँ । बीमा कम्पनीको कागज पत्रमा साइन गर्न छ भन्दै हुनुहुन्थ्यो । छोरीले पनि ती कागजपत्र मिलाएर आउँला भन्दै थिइन् । यता उनी दिल्ली हिँड्न तयार पारिएको लत्ताकपडा त्यत्ति कै छन् ।

केसी दम्पत्ती भन्छन्, ‘ज्वाईंको सडक दुर्घटनामा मृत्यु हुँदा ५ लाख रुपैयाँ छोरीलाई मिलेको थियो । त्यो पैसा खोई भन्दै छोरीकी नन्द सीता थापा कराउने गरेको सुनिन्थ्यो । छोरीले खाता मै छ पैसा भनेर भन्ने गर्थिन् ।

त्योभन्दा ठूलो रकम ज्वाईंले काठमाडौँमा बीमा गराउनु भएको रहेछ दुबै जनाको । ४० लाख जति त ज्वाईंका दाजुले झिकिसके भन्ने पनि सुनिन्छ । त्यो भन्दा ठूलो रकम छोरीले पाउने हुँदा कुटेर विभत्स हत्या गरियो । कारण पैसा नै हो भन्ने हाम्रो बुझाइ छ । ’

स्थानीयवासीका अनुसार दुर्घटनामा छोराको मृत्यु भए पछि बुहारी सुस्मितालाई ‘छोरो खाई’ भन्दै गाली गर्ने र पटक पटक तनाव दिने समेत गरेका थिए । -रातोपाटीबाट साभार

वि.सं.२०७७ असार १६ मंगलवार ०९:३६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...