back
Mega Long Ad

हवाई मार्गबाट बुधबार एक हजार ३४२ जना स्वदेश फर्के

काठमाडौं । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् ।

त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो । त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

नेपालबाट ४० जना विदेश गएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार नेपाल फर्कनुभएको नेपाल नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।

लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको छ ।गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन्

वि.सं.२०७७ असार १८ बिहीवार ०७:१५ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...