back
NMB ad

अमेरिका–चीन सम्बन्ध विच्छेद !

Kumari bank ad

काठमाडौं । कोभिड–१९ महामारीले केवल स्वास्थ्य क्षेत्रलाईमात्र असर गरेको छैन्। यसले विश्व व्यवस्थाको संरचना, पद्धति, शक्ति राष्ट्रबीचको सम्बन्ध र शक्ति सन्तुलनमासमेत धक्का दिएको छ।

दुई ठूला अर्थतन्त्र अमेरिका र चीन नयाँ शीत युद्धतर्फ उन्मुख रहेको विज्ञहरूको चेतावनी छ। चिनिया विदेश मन्त्रीले समेत त्यसतर्फ धकेल्न केही राजनीतिक भाइरस लागिपरेकास्वीकार गरेका छन्। शीत युद्धबीच सम्बन्ध सुधार गरेका अमेरिका र चीन, पुरानो शीत युद्ध अन्त्यको दुई दशकपछि नयाँ शीत युद्धतर्फ प्रवेश गर्न लागेको संकेत देखिएका छन्।

हालै न्युयोर्क टाइम्सका स्तम्भकार थोमस एल फ्रिडम्यानले एक लेखमार्फत अब अमेरिका र चीन सम्बन्ध पहिले जस्तो सहज हुन नसक्ने विश्लेषण गरेका छन्। यो स्थितिमा आफूहरू जस्ता सन्तुलित धारणा राख्नेहरूलेपनि सोच्नुपर्ने समय आएको संकेत उनले गरेका छन्। सन् १९७२ यता राजनीतिक एवं रणनीतिक दृष्टिकोणले अनेकौँ भिन्नता भए पनि अमेरिका र चीनबीचको सहकार्यबाट दुवै देशले मात्र होइन, बाँकी विश्वलेसमेत लाभ लिन सकेका छन्।

चिनिया नेता तङ सियाओफिङले पश्चिमाहरूले पाँच सय वर्षमा गरेको प्रगति चीनले ५० वर्षमै गर्नुपर्नेछ भनेअनुसार सबल चिनिया नेतृत्व, कुशल व्यवस्थापन र चिनिया जनताको कठोर मेहनतले तङले भनेको सुधारको ५० वर्ष पनि नपुग्दै चीनदोस्रो आर्थिक शक्ति बन्नुका साथै विश्वलाई समय सुहाउँदो नयाँ व्यवस्था निर्माणका लागि सामूहिक प्रयासमा लागिपरेको छ।

खुलापन र आर्थिक सुधारलाई सहयोग गरेर चीनलाई आफूजस्तै बनाउँछु भनेर लागिपरेको अमेरिकासहित पश्चिमा विश्व अहिले झस्केको छ र चीनले वर्तमान र भविष्यमा आउनसक्ने विश्व चुनौती सामना गर्न र विश्वमा शान्ति एवं समृद्धि कायम गर्न वर्तमान विश्व संरचनाले पुग्दैन्, यसमा व्यापक सुधारमात्र होइन, नयाँ संरचना र पद्धति पनि निर्माण हुनुपर्छ भनेर लागेको छ। यो माग प्रत्यक्ष÷परोक्षरूपमा विकासशील मुलुकहरूले धेरै पहिलेबाट उठाउँदै आएका हुन्।

यसका लागि चिनिया राष्ट्रपति सी चिनिफिङले न्याय र खुलानीतिमा आधारित विश्व व्यवस्थाको वकालत गर्दै आएका छन्। डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन विश्व मुद्दाबाट पछि हट्न लागेसँगै चीनले स्वाभाविकरूपमै विश्वव्यापीरूपमा आफ्नो उपस्थिति, सहकार्य र प्रभाव बढाउँदै लगेको छ।

कम्युनिटी अफ सेयरड फ्युचर फोर म्यानकाइन्डलाई मूल मन्त्र बनाउँदै विश्व समुदायबीचको एकता र सहकार्यका लागि चीननीति र संयन्त्रमार्फत व्यावहारिकरूपमै अघि बढ्छ भन्ने राष्ट्रपति सीले केही अभ्यासबाट सन्देश दिइसकेका छन्। पुराना संयन्त्र उपयोग गर्दै नयाँ संयन्त्र र पद्धति निर्माणमा तीव्र जुट्ने पथचिनिया नेतृत्वले अवलम्बन गरिरहेको छ। चीनको यही गति बुझेका विज्ञहरू अमेरिकालाई जति चीनलाई फुर्सद छैन भन्ने गर्छन्।

चिनिया राष्ट्रपति सीले अमेरिका–चीन ‘नयाँमोडलको प्रमुख राष्ट्र सम्बन्ध’ प्रस्ताव पटकपटक ट्रम्पसमक्ष प्रस्तुत गरेपनि अमेरिकी प्रशासन आफ्नो प्रभुत्वमा धक्का लाग्ने डरले स्वीकार गर्न मानिरहेको छैन्।

कतिपय विज्ञचाहिँ अमेरिकी नेतृत्वको उदार विश्व व्यवस्थाको विकल्पमा बेल्ट एन्ड रोड संयन्त्र आएको दाबी गर्छन्। उनीहरूको यो विचार तर्कसंगत देखिँदैन्।

अमेरिका र चीनबीचको सम्बन्धमा तनाव आउन नदिन चिनिया राष्ट्रपति सीले अमेरिका–चीन‘नयाँमोडलको प्रमुख राष्ट्र सम्बन्ध’ प्रस्ताव पटकपटक ट्रम्पसमक्ष प्रस्तुत गरे। तर, अमेरिकी प्रशासन आफ्नो प्रभुत्वमा धक्का लाग्ने डरले स्वीकार गर्न तयार छैन। चीनको ‘डिजिटल सिल्क रोड योजना’ र ‘साइबर सुपरपावर’ बन्ने महत्वाकांक्षाले अमेरिकालाई झन् बढी छटपटी रहेको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ असार १८ बिहीवार ०७:२८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...