back
NMB ad

पूर्वपश्चिम विद्युतीय रेलमार्ग : तीन दिनमै २५ अर्बको टेन्डर आह्वान

Kumari bank ad

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको १०६ किलोमीटर (किमी) ट्याकबेड निर्माण गर्न सरकारले ३ दिनकै अन्तरालमा रू. २५ अर्बका दुईओटा टेन्डर आह्वान गरेको छ । नेपाली निर्माण कम्पनीलाई मात्रै सहभागी गराउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले दुईपटक आइतवार र बुधवार गरी सो टेन्डर आह्वान गरेको हो ।

रेल विभागले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कुल ८ अर्ब ६६ करोड रुपैयाँ बजेट पाएको छ । तर, रेलमार्ग निर्माणका लागि त्यसको झन्डै तीन गुणा बढीको टेन्डर आह्वान गरिनुले आशंका पनि जन्माएको छ ।

एक अर्ब रुपैयाँभन्दा बढीका पूर्वाधारका आयोजनाहरूमा विदेशी निर्माण कम्पनीले समेत प्रस्ताव गर्न पाउने भए पनि अहिले विभागले गरेको टेन्डरमा त्यस्ता कम्पनीले टेन्डर हाल्न पाउने छैनन् भने करोडभन्दा माथिका ससाना प्याकेज बनाउँदा नेपालभित्रका केही ठूला निर्माण कम्पनीले मात्रै टेन्डरमा सहभागी हुनसक्ने देखिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले कुल ५६ ओटा प्याकेज बनाएर टेन्डर आह्वान गरिएको बताए । उनका अनुसार झापा जिल्लामा पर्ने ५० किमी खण्डलाई मात्रै २४ ओटा प्याकेजमा विभाजन गरे टेन्डर आह्वान गरिएको छ । त्यस्तै मोरङ–सुनसरी खण्डको ५६ किमीलाई ३० ओटा प्याकेजमा ठेक्का लगाउने गरी टेन्डर आह्वान भएको आर्थिक अभियान दैनिकमा हेमा विकले समाचार लेखेकी छन् ।

वि.सं.२०७७ असार १८ बिहीवार ०८:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...