back
NMB ad

असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्दै यी दुई वित्तीय संस्था

Kumari bank ad

काठमाडौं । स्वेडा लघुवित्तलाई प्राप्ति गर्दै असार २१ गतेदेखि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएको छ । मिर्मिरेले बिहीवार सूचना जारी गर्दै असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने जानकारी दिएको हो ।

दुबै कम्पनीले प्राप्ति सम्बन्धि प्रस्ताव वैशाख १७ गतेको साधारण सभामार्फत पारित गरेका हुन् । मिर्मिरेले विशेष साधारण सभा मार्फत र स्वेडाले दोस्रो वार्षिक साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट असार ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १७ गते प्राप्तिका लागि मिर्मिरेले अन्तिम स्वीकृति पाएको हो ।
प्राप्ति पश्चात उक्त कम्पनीको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८, बनेपाबजार, काभ्रेपलान्चोकमा नै रहनेछ ।

हाल २५ ओटा जिल्ला कार्यक्षेत्र रहेको उक्त कम्पनीले १० ओटा जिल्ला कार्यक्षेत्र भएको स्वेडा लघुवित्तलाई प्राप्ति गरेको हो । मिर्मिरे र स्वेडाका प्रतिनिधिबीच गत पुस २७ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यस अघि गत वर्षको वैशाख ३० गते किसान र नागबेली लघुवित्तसँग एक आपसमा मर्जरमा जाने सम्झौता गरेको मिर्मिरेले उक्त सम्झौता सफल नभएपछि स्ववेडालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको हो ।

वि.सं.२०७७ असार १८ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...