back
NMB ad

भारतमा प्रतिबन्ध लाग्दा टिकटकलाई ७ खर्ब २४ अर्ब घाटा !

Kumari bank ad

एजेन्सी । भारतमा टिकटकमाथि प्रतिबन्ध लाग्दा मूख्य कम्पनी बाइटडान्सलाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लाग्ने प्रक्षेपण गरिएको छ । सीमा विवादका कारण पछिल्लो केही समयता भारत चीनबीच तनाव चुलिएको छ ।

सीमा क्षेत्रमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चीन विरोधी भावना उग्र बनेको छ ।जसको प्रतिफल स्वरुप सोमबारदेखि भारत सरकारले टिकटक सहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

चिनियाँ एप बन्द गर्नुको पछाडि डेटा चोरी गरेर आफ्नो देशभन्दा बाहिरका सर्भरमा पठाउने गरेको आरोप भारतले लगाएको छ । एपमाथि प्रतिबन्ध लगाउँदै भारतले चीनसँग व्यापार युद्ध छेडेको छ ।

यसैबिच भारतमा प्रतिबन्धित एप टिकटकको मूल कम्पनी बाइटडान्सले ६ अर्बभन्दा बढी (करिब सात खर्ब २४ अर्ब रुपैयाँ ) गुमाउने प्रक्षेपण गरिएको हो । चिनियाँ कम्युनिस्ट पार्टीद्धारा सञ्चालित अखबार ग्लोबल टाइम्सले बाइडान्सले भारतमा करिब १ अर्ब अमेरिकी डलर (एक खर्ब २० अर्ब ६५ करोड रुपैयाँ) लगानी गरेको छ । तर, त्यसबाट कम्पनीलाई ६ अर्ब भन्दा बढी घाटा हुनेछ ।

त्यतिमात्र नभएर भारतमा टिकटक बन्द हुँदा कम्पनीमा कार्यरत कतिपय कर्मचारीले रोजगारी समेत गुमाउने उल्लेख गरिएको छ । त्यसबाट सबैभन्दा बढी भारतमा कार्यरत कर्मचारी प्रभावित हुनेछन् । कम्पनीका अनुसार भारतमा हाल दुई हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

वि.सं.२०७७ असार १८ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...