काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री ओलीको तस्वीर लिएका उनीहरुले ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानरसमेत बोकेका थिए । ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’जस्ता नारा लगाएका थिए ।
वि.सं.२०७७ असार १८ बिहीवार १५:१८ मा प्रकाशित