back
NMB ad

बागमती प्रदेश सरकारद्धारा १३ सय किमि सडक र ३३ वटा पुल निर्माण

Kumari bank ad

बिश्व अधिकारी/मकवानपुर । बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ हजार ३ सय किमि भन्दा बढी सडक र ३३ वटा सडक पुल निर्माण गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को जेठ मसान्तमा सडक निर्माणतर्फ १३ सय ६ किलो मिटर सडक र ३३ वटा सडक पुलको निर्माण सम्पन्न गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार बिकाश मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को जेठ मसान्त सडक निर्माणतर्फ ८ सय ७ किमि कच्ची सडक, १ सय ५५ किमि कालोपत्रे, ३ सय २० किमि ग्रेभलिंग र २४ किलो मिटर ढलान सम्पन्न गरेको छ । साथै दुई आर्थिक वर्षमा ३३ वटा सडक पुलको निर्माण सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले सडक र पुल निर्माणमा ६ अर्ब ८८ करोड ५६ करोड खर्च भएको मन्त्रालयले जनाएको छ । ती सडक निर्माणमा १५ अर्ब ५० करोड २३ लाख मध्ये चालु आवको जेठ मसान्त सम्ममा ६ अर्ब ८८ करोड ५६ करोड खर्च भएको जनाएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशका हरेक स्थानीयतहको मुकामसम्म पुग्ने र प्रदेश राजधानीसंग जिल्लालाई जोड्ने सडक संजाल सहज बनाउने लक्ष्यका साथ काम गरिरहेको मनत्रालयले जनाएको छ ।

त्यसै, अनुरुप प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समेत यी कुरालाई उच्च प्राथमिक्ता दिइएको छ । यसका साथै प्रदेश सरकारले स्थानीयतहको केन्द्रसंग सडक संजाल जोड्ने तथा प्रदेश चक्रपथलाई उच्च प्राथमिक्ता दिएर काम अगाडी बढाएको मन्त्रालयले जनाएको छ ।
नजिकैको कालोपत्र सडकबाट स्थानीय तहहरुको केन्द्र जोड्ने सडकहरु बाह्रै महिना सञ्चालन हुने सडकको रुपमा स्तरोन्नति गर्न आगामी पाँच वर्षमा सम्पन्न हुने नीति लिएको प्रदेश सरकारले सडकको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारले बहुवर्षिय ठेक्का प्रकृया मार्फत काम गरिरहेको जनाएको छ ।

त्यस्तै, प्रदेशका सडक सञ्जाल नपुगेको रुवि भ्याली र माहाभार गाउँपालिका जोड्ने बाटो निर्माणलाई बहुवर्षिय ठेक्का प्रकृया मार्फत काम अगाडी बढाईएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ असार १९ शुक्रवार ०७:०८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...