काठमाडौं । शनिवार (असार २० गते) तीन ओटा कम्पनीको साधारण सभा हुने भएको छ । नागरिक लगानी कोष, नागवेली लघुवित्त र मिर्मिरे लघुवित्तले साधारण सभा शनिवार गर्न लागेका हुन् ।
नागरिक लगानी कोषले बिहान ११ बजे कोषको नयाँ बानेश्वर भवन परिसरमा साधारण सभा आयोजना गरेको छ । सभाले २२ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी नागवेली लघुवित्तले होटल टाइमलेस मोमण्ट विर्तामोड, झापामा दिउँसो १२ बजे साधारण सभा आयोजना गरेको छ । सभाले यस नागवेली लघुवित्तलाई मिर्मिरे लघुवित्तले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
मिर्मिरे लघुवित्तले सिद्धार्थ कटेज, तीनकुने, काठमाडौंमा दिउँसो १ बजे साधारण सभा आयोजना गरेको छ । सभाले नागवेली लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०७७ असार १९ शुक्रवार १८:५२ मा प्रकाशित