back
NMB ad

अन्तराष्ट्रिय सहकारी दिवस : आदर्श सञ्चारद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

Kumari bank ad

रोहन जि.सी./बागलुङ । ९८ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई संस्थाले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु)ले जानकारी दिनुभयो ।

दिवसका अवसरमा गरिने औपचारिक कार्यक्रमको सट्टामा पहिरो पीडितलाई सानै भए पनि सहयोग गर्दा राहत हुने भएकाले सहयोग गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।

बागलुङ जिल्लामा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले पहिरो पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, दश केजी नून वितरण गरेको आदर्श सञ्चार सहकारीका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

संस्थाका शेयर सदस्य राजु गौतमले पीडित परिवारलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।  गत असार ६ गते बर्षासँगै घर माथिबाट पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो ।

उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाए थिए । परिवारीक अवस्था कमजोर भएका पुन परिवारमा परेको ठुलो चोटमा स्वदेश तथा विदेशबाट स्वतःस्फुर्त सहयोग जुटिरहेको छ ।

वि.सं.२०७७ असार २० शनिवार १९:४३ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...