back

प्रवास : कोरोनाबाट थप १३ नेपालीको मृत्यु, संक्रमितको संख्या झण्डै २९ हजार

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गएको हप्ता विदेशमा थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन र ओमान लगायत देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको समितिले जनाएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये २५ हजार २ सय २६ जना निको भएका छन् ।

वि.सं.२०७७ असार २१ आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच...

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

वि.सं.२०७९ माघ २२ आइतवार ११:२०

काठमाडौं । महिला लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:३६

काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ ।...

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:३४

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन भएको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...