back
NMB ad

साधना लुघवित्तको आईपीओमा आवेदन खुला

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आइतवारबाट साधारण शेयर (आईपीओ ) निष्कासन तथा विक्री खुला भएको छ । कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याएको छ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि –आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १४ करोड ७७ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ५९ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ९० लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ करोड १४ लाख नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ७९ लाख खराब कर्जा उठाएको छ । चुक्तापूँजी रू. १४ करोड ७० लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ४ करोड २ लाख छुट्याएको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४३ करोड १६ लाख निक्षेप संकलन र रू. १ अर्ब १७ करोड सापटि लिएर रू.१ अर्ब ७० करोड कर्जा लगानी गरेको छ । नेपाल धितोपत्र बोर्डले गत असार ७ गते आईपीओ निष्कासनका लागि उक्त कम्पनीलाई स्वीकृति दिएको थियो ।

वि.सं.२०७७ असार २१ आइतवार १०:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...