back
NMB ad

ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य : प्रतिकिलो ५ सय !

Kumari bank ad

काठमाडौं । लामो समयको लकडाउनको प्रभावका कारण कुखुराको उत्पादन घट्दा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ ।  लकडाउन भएपछिका केही दिनसम्म घटेको मासुको मूल्य त्यसयता निरन्तर बढेको र अझै बढ्न सक्ने पोल्ट्री व्यवसायीहरूको भनाइ छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लगाएपछि कुखुरालाई खुवाइने दाना, दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, चल्ला तथा तयारी कुखुरा ढुवानीमा अवरोध आएपछि अधिकांश किसानले कुखुरा पाल्न छाडेका थिए ।

त्यसैको प्रभाव स्वरूप अहिले एकातिर उत्पादन घट्न गएको छ भने अर्कोतिर लकडाउन खुकुलो भएयता मासुको मागमा वृद्धि हुँदा मूल्य बढ्न थालेको हो ।

लकडाउनका समयमा नयाँ उत्पादित चल्ला विक्री हुन नसक्दा ≈याचरी उद्योगले दैनिक ६ लाख चल्ला नष्ट गर्नुपरेको थियो । तर, अहिले बजार बिस्तारै चलायमान हुँदै जाँदा तयारी कुखुराको अभाव हुन गएकाले मासुको मूल्य बढेको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले बताए ।

लकडाउनका समयमा समग्र पोल्ट्री उद्योगको दैनिक नोक्सानी २२ करोड रुपैयाँसम्म पुगेको जनाउँदै मिश्रले बजार सहज हुँदै गएपछि नोक्सानीको मात्रामा समेत केही सुधार हुँदै गएको बताए ।

पछिल्लो समय मासुको मूल्य दिन प्रतिदिन बढिरहेको छ । वैशाख १६ गते प्रतिकिलो २५० रुपैयाँमा विक्री भइरहेको मासुको मूल्य वैशाख २४ गते २ सय ७० हुँदै २७ गतेसम्म ३०० रुपैयाँ पुगेको थियो ।

त्यसपछि जेठ महीनामा ३१० हुँदै ३५० बाट अहिले ३९० रुपैयाँ कायम भएको मासु व्यवसायी संघले जानकारी दिएको छ । ‘अबको केही हप्ताभित्रै मासुको मूल्य बढेर ४ ५० देखि ५ सयसम्म पुग्न सक्छ,’ मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले भने ।

सामान्य अवस्थामा देशभरि दैनिक रूपमा ५ लाख किलो मासु खपत हुन्छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो खपत हुने गर्छ ।

तयारी कुखुरा त निकै न्यून मात्रामा छन्, त्यसैले पहिल्यै कोल्डस्टोरमा राखिएको मासु विक्री भइरहेको व्यवसायीहरू बताउँछन् । लकडाउनका कारण कुखुरा किसानले नयाँ चल्ला हाल्न छाडेपछि ह्याचरी उद्योगहरूले दैनिक रूपमा ६ लाख चल्ला नष्ट गरेका थिए ।

अहिले चल्लाको माग केही बढेको देखिए तापनि पूर्णरूपमा बजार चल्न सकेको छैन । त्यसैले करीब ४० प्रतिशत किसानले मात्र खोरमा चल्ला हालेका छन् भने अझै पनि अधिकांश खोर खाली नै छन् ।

हप्तामा ४२ लाख चल्ला उत्पादन गर्ने ह्याचरीहरूले आफ्नो उत्पादन घटाउँदै प्रतिहप्ता करीब ३६ लाख मात्रै उत्पादन गरिरहेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

वि.सं.२०७७ असार २१ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...