back
NMB ad

कोरोना संक्रमण : ‘थप सतर्कता अपनाऔँ’

Kumari bank ad

काठमाडौँ । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ । गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखापर्यो ।

उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप(यो । सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गर्यो ।

कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो । तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन ।

झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो ।

सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ ।

यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् । ३४ को मृत्यु भइसकोको छ । दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।

अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने, ‘थप सतर्कता अपनाउने समय अब आएको छ ।’

वि.सं.२०७७ असार २१ आइतवार १२:५५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...