back
NMB ad

जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्ने कुरामा ध्यान दिन सुझाव

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट जिल्लाको एक मात्र हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरिएको छ ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा आईतबार उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहलाई परेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समग्र विष्यमा छलफल गरेको थियो ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले जनताको नजिकको सरकारका रुपमा स्थापित स्थानीय सरकारले जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले हिजोकै जस्तो केन्द्रिकृत प्रवृतिमा जनताले सेवा प्राप्त गर्ने हो भने नजिकको सरकारको अनुभुति नहुने भन्दै नजिकको सरकारको अनुभुति हुने गरि सेवा प्रवाह गर्ने कुरामा ध्यान दिन सुझाव दिनुभयो ।

प्रमुख खुलालले स्थानिय तहहरुले यो तीन वर्षमा थुप्रै कामहरु गरेको र ती कामहरु लिपीबद्ध नभएको भन्दै हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका सबै स्थानीय तहले गरेका कामको लिपिबद्धता गर्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रमुख खुलालले स्थानिय तहका जनप्रतिनिधिहरुमा काम गर्ने उत्साह धेरै भएको तर, नयाँ संरचना भएका कारण विभिन्न समस्याहरु सृजना हुने गरेको भन्दै त्यसलाई समाधान गर्दै संविधानको मर्म अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उहाँले समाजमा नकारात्मकता बढ्दो रहेकाले समाजलाई परिर्वतन गर्ने प्रयत्न समेत स्थानीय तहले गर्नुपर्ने बताउनुभएको छ । उहाँले परिर्वतन गर्नुपर्ने कुरा धेरै भएको र त्यस्ता कुराहरु विस्तारै व्यवस्थित गर्दै जानुपर्ने र समाज परिर्वतनमा सबैको एकतावद्ध आवश्यक हुने धारण व्यक्त गर्नुभयो ।

छलफलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आफुले चुनावी प्रतिबद्धता र घोषणपत्र अनुसार जनतासंग नजिक भएर आवश्यक्ताका आधारमा काम गरेको बताउनुभयो । घोषणा पत्रमा उल्लेख गरेको सबै कामलाई हेर्दै घोषणा पत्रमा नभएका काम समेतलाई प्राथमिक्ताका आधारमा गरेको बताउनुभयो ।

उहाँले हेटौंडा उपमहानगरपालिकाको आन्तरिक आय बलियो बनाउने तर्फ उपमहानगरपालिका सिंगो लागेको भन्दै काम गर्ने क्रममा केहि कानुनी अड्चनहरु आउने गरेको र त्यसमा जिससबाट सहजिकरणको अपेक्षा गरेको बताउनुभयो ।

विशेष गरि खरिद प्रकृया झंझटीलो र समय बढी लाग्ने हुँदा समयमा काम गर्न समस्या भएकाले यस विषयमा समेत जिससबाट सहजिकरणको अपेक्षा रहेको बताउनुभयो । छलफलमा उपमेयर मिनाकुमारी लामाले जिल्ला समन्वय समितिले सधैं अभिभावक्त्व प्रदान गरेको र आगामी दिनमा समेत समन्वय र सजजिकरणको अपेक्षा रहेको बताउनुभयो ।

छलफलमा मेयर महत, उपमेयर लामालगायत विषयगत शाखाका कर्मचारीहरुले चालु आर्थिक वर्षमा उपमहनगरपालिकाले गरेको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकारको वित्तीय हस्तान्तरण अनुदान तर्फ ८५ करोड २८ लाख १४ हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरण अनुदान तर्फ २ करोड ५४ लाख २ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तर्फ ५३ करोड ७२ लाख ४० हजार र आन्तरिक स्रोत परिचालनबाट १७ करोड ३ लाख ५६ हजार गरि कुल १ अर्ब ५८ करोड ५८ लाख रुपैया राजस्व संकलन गर्न सफल भएको जानकारी दिईएको थियो ।

त्यस्तै चालु आर्थिक बर्षमा चालु तर्फ ७५ करोड ३८ लाख २२ हजार अर्थात ७०दशमलव ३४ प्रतिशत र पूँजीगत तर्फ ३१ करोड ७७ लाख ४१ हजार अर्थात २८ दशमलव ४९ प्रतिशत गरि कुल १ अर्ब ७ करोड १५ लाख अर्थात् ४९ प्रतिशत रकम खर्च भएको जानकारी दिईएको थियो ।

त्यस्तै अन्तर सरकारी अख्तियारी तर्फ एकल खाता मार्फत भुक्तानी हुने राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, गरिबसँग विशेश्वर कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ कुल खर्च गर्ने अख्तियारी बमोजिम ३५ करोड ४८ लाख ८५ हजार मध्ये यस अवधिमा ६३ प्रतिशत अर्थात रु.२२ करोड ३५ लाख ७६ हजार खर्च भएको जानकारी दिईएको थियो ।

चालु आर्थिक वर्षमा कोभिड–१९ का कारण बजेट कार्यान्वयनमा केहि कम देखिएता पनि विनियोजित अधिकांश योजनाहरु प्राविधिक रुपमा सम्पन्न भई भुक्तानीको चरणमा रहेकोले चालू आर्थिक वर्षको आषाढ मसान्तसम्म पूँजीगत खर्चको लक्षित प्रगति हाँसिल हुने अनुमान गरिएको जानकारी दिइएको छ ।

अनुगमनमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।

वि.सं.२०७७ असार २१ आइतवार २०:३९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...