काठमाडौं । नेपालका कुल कोरोना संक्रमितमध्ये ४१.५ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आइतबारसम्ममा नेपालमा १५ हजार ७ सय ८४ जना कुल संक्रमित छन्। तीमध्ये ६ हजार ५ सय ४७ निको भएका हुन्।
आइतबार २ सय ९३ जना एकदिनको अवधिमा संक्रमित पुष्टि भएका हुन् । निको हुनेमा सबैभन्दा बढी प्रदेश २ मा २३ सय ३४ जना छन् भने प्रदेश ५ मा १७ सय २५ छन्। यी दुवै प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कर्णालीमा ११ सय ९१ जना निको भइसककेका छन्। सुदूरपश्चिममा ६ सय ८०, प्रदेश १ मा ४ सय ६९, बाग्मतीमा २ सय ३४ र गण्डकीमा ६ सय ८० छन्। -नागरिक दैनिकबाट
वि.सं.२०७७ असार २२ सोमवार ०८:२८ मा प्रकाशित