काठमाडौं । तेस्रो घण्टामा नेप्से १२.५० अंकले बढेको छ । कारोबार सुरुमा केही समय ओरोलो पनि नेप्से परिसुचक तेस्रो घण्टाको अन्तिमसम्म आउँदा ०.९९ प्रतिशतले उकालो लागेको हो ।
३ घण्टामा परिसूचक १ हजार २८० दशमलव ३४ विन्दुमा पुगेको छ । सो अवधिमा १६९ कम्पनीको रू. ५९ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये वित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता रू. ४३९ मा रू. १३ करोड बराबरको शेयर कारोबार भएको छ ।
वि.सं.२०७७ असार २२ सोमवार १४:११ मा प्रकाशित