काठमाडौं । नेपाल वायुसेवा निगमका तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण भएको छ । निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।
’तीनजना पाइलट र अन्य ११ जना उडान कर्मचारीमा कोरोना पुष्टि भएको छ’, निगम श्रोतले भन्यो, ’उनीहरुलाई होटल सोल्टीमा राखिएको छ। अब आइसोलेसनमा पठाउने तयारी भइरहेको छ।’
वि.सं.२०७७ असार २२ सोमवार १४:४७ मा प्रकाशित