back
NMB ad

व्यापारीको आँखामा खुर्सानीको धूलो छर्केर सुन चोरी

Kumari bank ad

गुलरिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ६ स्थित अफताब सुनचाँदी पसलका संचालकको आँखामा खुर्सानीको धूलो फालेर सुनको मंगलसूत्र चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका ५ निवासी २२ वर्षीय रबिन चौधरीलाई मंगलसूत्र चोरीको आरोपमा पक्राउ गरेको हो । सुनको गहना खरिद गर्न सुन पसलमा पुगेका चौधरीले सामान चित्त बुझेपछि पैसा तिर्ने बेलामा खल्तीबाट खुर्सानीको धूलो निकाली व्यापारी आफताब जसगढको आँखामा फालेर मंगलसूत्र लिइ भागेको उजुरीका आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।

सुनको गहना लिएर भागेका चौधरीलाई पछ्याउँदै जाँदा गुलरिया नगरपालिका ५ स्थित सन्तोषी टोलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट १८ पिस मंगलसूत्र, खुर्सानीको धूलो, १ थान सादा मोवाईल, पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरी राखेको ३१८ पिस कागजको गड्डी फेला परेको खड्काले जानकारी दिए ।

बरामद गरिएको करिब ३ तोला परिमाणको मंगलसूत्रको बजार मुल्य २ लाख ७६ हजार ४४५ रुपैयाँ छ । चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी अनुसन्धान भइरहेको बताइएको छ ।

चौधरीले सुन पसलमा पुगी म सुन खरिद गर्ने मानिस हुँ मलाई २ लाख रुपैयाँ बराबरको सुनका गहना देखाउनु भनेपछि पसल संचालक जसगढले काउन्टरमा राखेर गरगहना देखाएको जाहेरी प्रहरीमा दिएका छन् ।

ग्राहकका रुपमा पसलमा आएका चौधरीले गहना हेरी मन पराएपछि पैसा तिर्ने बेलामा बुवाको आँखामा खुर्सानीको धूलो फालेर गहना लिएर भागेको व्यापारीका छोरा आमिर जसगढले बताए । उनले भने,’ जिल्ला प्रहरी कार्यालय देखि करिब १ सय ५० मिटरको दूरीमा रहेको सुनचाँदी पसलमा दिउँसै चोरी भएपछि हामी त्रसित भएका छौं।’

वि.सं.२०७७ असार २२ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...