back
NMB ad

रसुवागढी नाका पुनः सञ्चालन

Kumari bank ad

काठमाडौं । नेपाल­–चीन व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण बन्द रहेको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

मबार बिहानैदेखि मितेरी पुल खुल्खा चीनबाट सामान आयात भएको उनले बताए । दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

रसुवागढी नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिनेछ । मितेरी पुलबाट चीनतर्फ भने जान पाइने छैन ।

कोरोना भाइरस सङ्क्रमण हुनसक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रनसक्ने त्रासमा नाका नखोल्ने अडान लिएका कारण नाका सञ्चालनमा आउन सकेको थिएन ।

२०७१ मङ्सिर १५ गते यो नाका औपचारिक रूपमा खुला भएको हो । राजधानीबाट केरुङ १४८ किमी टाढा छ । केरुङबाट सिगात्से ५४८ किमी टाढा छ ।

सिगात्सेसम्म रेल आएको र रसुवागढी नाकासम्म रेल मार्गले जोड्ने चीनको योजना छ । नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका थिए ।

नेपालबाट चीनतर्फ धातुका मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुढा, मेहन्दी, दन्तमञ्जन, शृङ्गारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनी गलैँचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य वस्तु निकासी हुने गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ असार २३ मंगलवार ०७:२७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...