back
NMB ad

नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भएको भेटवार्ताकै क्रममा बैठक सारिएको हो । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल गरी एउटा निष्कर्षमा पुगेपछि मात्र बस्ने सहमति भएअनुसार बैठक सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्षद्वयबीच सहमति भएर नै बुधबारका लागि स्थायी कमिटीको बैठक सारिएको बताउनुभयो । उहाँका अनुसार दुई जनाको बीचमा पार्टीको समग्र विषयवस्तुमा छलफल भएको छ तर निष्कर्षमा आएको छैन । छलफललाई निरन्तरता दिने सहमति भने भएको छ ।

स्थायी कमिटी सदस्य तथा महासचिव विष्णु पौडेलले भन्नुभयो, ‘‘दुवै अध्यक्षको बीचमा छलफल भइरहेको छ, आशा गरौँ भोलिसम्म केही न केही सहमति हुन्छ ।’’

‘‘दुई अध्यक्षबीच एक्लाएक्लै कुराकानी भएको छ । छलफल सकारात्मक भएको छ’’ भन्दै उहाँले थप्नुुभयो, ‘‘अन्य शीर्ष नेताहरूको बीचमा पनि छलफल भइरहेकाले निष्कर्ष आउन सक्ने छ ।’’
पार्टी एकतालाई कायम राख्न नयाँ ढङ्गबाट सहमति गर्दै अगाडि बढ्ने दिशामा दुवै अध्यक्ष लागिरहनुभएको बताइएको छ । उच्च स्रोतका अनुसार पार्टी एकतामा असर नपुग्ने गरी सहमतिका आधारहरू खोज्नेतर्फ अध्यक्षद्वयको वार्ता अगाडि बढेको छ ।

यही असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको कुरा उठेपछि पार्टीभित्र विवाद चुलिएको हो । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि घटनाक्रम विवादतिर मोडियो ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीको अवसरमा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरूले साथ दिएको अभिव्यक्ति दिनुभएपछि स्थायी कमिटी बैठक नै प्रभावित भएको थियो ।

कार्यसूचीभन्दा भिन्न विषयमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन दिइएको निवेदनको विषयले प्रवेश पाएको थियो । त्यस विषयमा दुई दिन छलफल चल्यो । बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्को बैठकले चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटीको बैठक पूरै प्रभावित भयो ।

दुई अध्यक्षबीच भइरहेको छलफललाई सहयोग पुग्ने गरी दोस्रो–तेस्रो तहका नेताहरूले एक आपसमा छलफल चलाइरहेका छन् । महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य जनार्दन शर्मा, ईश्वर पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, शङ्कर पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहमतिको वतावरण बनाउनका लागि प्रयास गरिरहनुभएको छ । सहमतिको वातावरण बनाउन कुनै प्रकारको कार्यदल भने नबनेको अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।

आफूहरूले पनि पार्टी एकता भङ्ग हुनुहुँदैन, जसरी पनि एकतालाई कायम राखेर नै छलफल गर्न दुवै अध्यक्षलाई सुझाव दिएको बताउँदै महासचिव पौडेलले बाहिरबाट पार्टी एकतालाई भङ्ग गर्न नहुने गरी दबाब बढाउने काम भइरहेको बताउनुभयो ।

केन्द्रीय तहबाट नै पार्टी एकतालाई कायम राख्न दबाब दिने काम भइरहेको छ । केन्द्रीय सदस्यहरू नै पार्टीको केन्द्रीय कार्यालयमा धर्ना बसिरहनुभएको छ । त्यसका साथै केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य पनि भइरहेको छ । सोमबारसम्म सय जनाभन्दा बढीको हस्ताक्षर सङ्कलन भइसकेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । सङ्कलित हस्ताक्षर बुधबार स्थायी कमिटीकै बैठकमा बुझाइने छ । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार २३ मंगलवार ०७:३२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...