काठमाडौं । कोरोना महामारी बढ्दै गएको भन्दै सरकारले अहिले सन्चालन भएरहेको जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी गरेको छ ।
काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गइरहेको तथा सवारी दूर्घटना बढेको भन्दै यो प्रणाली लागू गर्न लागिएको बुझिएको छ । यसका लागी छलफल भइरहेको सरकारको एक स्रोतले बताएको छ ।
सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि जारी गरेको सवारी पास असार १ गतेदेिख खारेज गरी जोर-बिजोर लागू गरेको थियो । -न्युज अफ नेपालबाट
वि.सं.२०७७ असार २४ बुधवार ०९:०४ मा प्रकाशित