back
NMB ad

विद्युतीय तार भूमिगत कार्य सुस्त

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि शुरू गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन ।

काम शुरू गरेको करिब एक महिनामै कोरोना विषाणु सङ्क्रमण जोखिमका कारण नेपाल र भारतमा भएको बन्दाबन्दीका कारण यो कार्य जारी भए पनि अपेक्षाकृत तीव्रता पाउन नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न थालेको हो । बन्दाबन्दीका कारण घर फर्किएका प्राविधिक तथा कामदार आउन नपाउँदा र आवश्यक सामग्री परीक्षण गरी नेपाल ल्याउन समस्या भएकाले काम सुुस्त भएको हो । यद्यपि बन्दाबन्दीका समयमा पनि चाबहिललगायत केही स्थानमा काम जारी राखिएको थियो ।

भारतीय निर्माण कम्पनी एईआई इन्डस्ट्रिजसँग रत्नपार्क र महाराजगञ्ज क्षेत्रको सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने गरी २०७५ चैतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार यी दुई क्षेत्रमा ११ केभी प्रसारण लाइन करिब चार सय किलोमिटर र चार सय भोल्टेज क्षमताको ३५० किलोमिटर तार भूमिगत हुने छ ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा हुन लागेको यो कार्यका लागि करिब सात अर्ब रुपियाँ लाग्ने अनुमान छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार अहिले कामदार अभाव प्रमुख समस्या बनेको छ ।

’बन्दाबन्दीका कारण भारतीय कामदार आउन सकेका छैनन्, उनले भने, ’यहीँ उपलब्ध कामदारकै भरमा काम गर्दा ठेकेदारले तीव्र गतिमा काम गर्न सकेको छैन । अब अवस्था सहज भएमा निर्धारित समयमै काम सकिन्छ ।’रत्नपार्क र महाराजगञ्ज वितरण प्रणाली भूमिगत गर्ने काम साढे दुई वर्षमा सम्पन्न गर्ने गरी फागुनबाट काम थालिएको थियो ।

सामान आपूर्तिमा पनि समस्या भएको उनको भनाइ छ । ’अप्टिकल फाइबरलगायत अन्य उपकरण परीक्षण गरेर मात्रै ल्याउनुपर्ने हुन्छ,” उनले भने, ’इिनिस्पेक्सन गर्ने कार्य हुन नसक्दा सामान ल्याउन समस्या भएको हो ।’सहरी क्षेत्रलाई तारमुक्त बनाउने नीतिअनुरूप विद्युत्का अतिरिक्त टेलिफोन, इन्टरनेट, केबल टेलिभिजनका तार पनि भूमिगत गर्ने गरी प्राधिकरणले ४८ फाइबरयुक्त अप्टिकल फाइबर पनि भूमिगत गरिरहेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका विद्युत् वितरण लाइन पनि ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि यो कार्यक्रम विस्तार गर्ने बताइएको छ ।

सहरी क्षेत्रमा भूमिगत तार विस्तार गर्ने क्रममा सडक तथा फुटपाथलाई सकेसम्म कम असर गर्ने गरी जमिन खन्ने गरिएको छ । सीधा दूरीमा करिब दुई सय मिटरसम्म जमिनमुनिबाटै टनेल खन्ने होरिजेन्टल ड्रिलिङ मेसिन प्रयोग गरिएको छ ।

एक स्थानमा आठ क्युबिक मिटर खाडल खनेर यो मेसिन जोड्दा दुई सय मिटर सीधा दूरीमा जमिनमुनिबाटै यसले भित्रभित्रै प्वाल खन्छ । तार राख्नुपर्ने क्षेत्रमा खानेपानी, ढल दूरसञ्चारलगायतका पूर्वाधार भए नभएको पहिचान गर्न ग्राउन्ड पेनिट्रेटिङ राडार उपयोग हुन्छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार २५ बिहीवार ०७:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...