back
NMB ad

काठमाडौंमा घर ठड्याउँदै पूजा : छोडिनन् हातमा आएका प्रोजेक्ट, कुन फिल्मबाट कति पारिश्रमिक ?

Kumari bank ad

काठमाडौं । ‘प्रेमगीत’ पछि सुदर्शन क्याम्पभन्दा बाहिरका फिल्म नगरेकी पूजा शर्माले डेढ वर्षयता महँगो पारिश्रमिक बुझेर लगातार बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेकी छन् ।

‘पोइ प¥यो काले’ मा उनले २० लाख पारिश्रमिक बुझेको बताइन्छ । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’ मा १५ लाख, ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन परेसी’ मा उनले २५ लाख पारिश्रमिक लिएको चर्चा छ ।

‘रामकहानी’ अघिसम्म वर्षमा एउटाभन्दा बढी फिल्म नगर्ने पूजा अहिले हातमा आएका प्रोजेक्ट कुनै फुत्काइरहेकी छैनन् । आखिर किन ?धेरै यसको कारण जान्न इच्छुक छन् । बुझिए अनुसार, अहिले उनी ललितपुरको एकान्तकुनामा दोस्रो घर बनाइरहेकी छन् । लकडाउनको समयमा पनि उनको घर निर्माणको काम रोकिएको छैन । उनले तीन तल्लाको घर बनाउन लागेकी हुन् ।

मंगलवार पूजाले इन्स्टाग्राम स्टोरीमा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । दशैंभित्र उनी नयाँ घरमा सर्ने योजनामा रहेको जानकारी प्राप्त छ । उनले घर बनाउनकै लागि बाहिरी ब्यानरका फिल्ममा महँगो पारिश्रमिक लिएर काम गरिरहेको चर्चा छ । यद्यपि, यस विषयमा पूजाले मुख खोलेकी छैनन् । उनले कथावस्तु राम्रो लागेर फिल्ममा काम गर्ने गरेको बताउने गरेकी छन् ।

एकाध कलाकारलाई छाड्ने हो भने अरुलाई अभिनय गरेबापत प्राप्त हुने पारिश्रमिकले कोठा भाडा तिर्न पनि मुश्किल छ । यही कारणले कति फिल्म क्षेत्रमा करिअर सुरक्षित नदेखेर पलायन भइसकेका छन् । यहाँ अभिनयको कमाईले काठमाडौंमा घर-जग्गा जोड्ने कलाकार थोरै मात्र छन् । पूजाले अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर ठड्याउँदैछिन्, खुसीको कुरा हो ।

वि.सं.२०७७ असार २५ बिहीवार १५:१८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...