back
NMB ad

मध्यपश्चिमाञ्चल र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय विच सम्झौता

Kumari bank ad

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांङग, चीन विच शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

असार ०२ का दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्ग द्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उप(प्राध्यापक एवं सुचना तथा संचार प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिनुभयो ।

“उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मिति पश्चात सौहार्दपूर्ण तवरले दिर्घकालिन रुपमा लागुहुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।” उप-प्राध्यापक भट्टले भन्नुभयो, “यो सहकार्य पश्चात दुइटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गरिनेछ जस अन्तर्गत दिर्घकालिन तथा समग्र सहयोगको परिधि अन्तर्गत रहेर बैज्ञानिक अनुसान्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिंग स्कलर आदान प्रदान हुनेछ ।” यसै गरि शैक्षिक पठन(पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालय बिच आदान प्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालय अन्तर्गत रहेका बिभाग तथा स्कुलहरु बिच समेत नजिकवाट सहकार्य हुनेछ । यो सम्झौता पश्चात दुइटै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरि पढ्न सक्नेछन् जसले गर्दा उनीहरुको सिकाई सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुच पुग्ने कुरा उहाँले बताउनुभयो ।

यो सम्झौतामा आधारित रहेर सहकार्यको प्रभावकारिता र उपयोगिताको दायरा लाई अझै फराकिलो पार्नका लागि अन्य सम्झौता समेत गर्न सकिने प्रावधान रहेको छ । जुन उच्च अधिकारीहरु संवाद, भ्रमण तथा छलफल मार्फत गरिने कुरा उल्लेख गरिएको छ ।

सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानुन मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि समेत विषेश अध्यन(अध्यापनका क्षेत्र हुन् । यो सहकार्य पश्चात मध्य(पश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार १५:२१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...