back
NMB ad

साउन १ देखि साझा यातायात सञ्चालन गर्ने

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि आगामी साउन ७ गतेसम्म लकडाउन गरेको छ ।

लकडाउनले गर्दा मुलुकभर सार्वजनिक यातायातदेखि उद्योग, कलकारखाना, व्यापार व्यवसाय समेत तीन महिनासम्म ठप्प रहेका थिए । तर सरकारले एक महिना अगाडि लकडाउनलाई खुकुलो बनाएर सार्वजनिक यातायात बाहेक अन्य सम्पूर्ण व्यवसाय खुल्ला गर्न स्वीकृती दिएको थियो ।

यो बीचमा यातायात व्यवसायीहरुले सरकारले यातायात क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउदै आएका छन् । व्यवसायीहरुले यातायात सञ्चालनको लागि तयार रहेको बताउँदै विभिन्न माग राख्दै आएका छन् ।

यता सरकारले शुक्रबारदेखि सार्वजानिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर व्यवसायीहरुले नै पटकपटक यातायात सञ्चालन गर्न दिनु पर्ने माग राख्दै आएका भए पनि सरकारले खुल्ला गर्ने भने पछि आफ्ना माग पुरा गर्नु पर्ने भन्दै पछाडि हटेका छन् ।

यसरी पछि हटेका सार्वजनिक यातायात व्यवसायी आन्दोलन गर्ने तयारीमा छन् तर उनीहरुले यातायात सञ्चालन नगर्ने र आन्दोलन गर्ने भने पनि यता साझा यातायातले केही दिन भित्रै बस चलाउने गरी तयारी थालेको छ ।

साझाले साउन १ देखि छोटो दुरीमा साझा बस सञ्चालन गर्ने तयारी भएको तस्विर सहित साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले ट्वीट गरेका छन् । उनले ‘सरकारले तोकेको मापदण्ड बनाई साझा यातायात सञ्चालनको लागि तयारी भैरहेको तर करिब ४ महिनादेखि बन्द रहेका गाडी ‘मेन्टेन’ गरेपछि मात्रै चल्न सक्ने बताएका छन् ।

यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका हुन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बीमा, स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।

वि.सं.२०७७ असार २७ शनिवार १७:३६ मा प्रकाशित

You can share this post!

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...