back
NMB ad

बाढी र पहिरोबाट कम्तिमा २० वटा सडक अवरुद्ध, खुलाउन केही दिन लाग्ने

Kumari bank ad

काठमाडौं । केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक खुलाउन केही दिन लाग्न सक्ने छ ।

बाढीपहिरोका कारण सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, मुस्ताङ, मनाङमा बाढीपहिराले सडक कटान गर्दा, कजवे र पुलमा क्षति पु¥याएको छ । अवरुद्ध भएका कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् । कतिपय सञ्चालनमा आउन अब हुने वर्षामा भर पर्ने सडक विभागले जनाएको छ ।

लगातारको वर्षाका कारण अरनिको राजमार्गको बाह्रबिसेदेखि कोदारीसम्म सडक अवरुद्ध भएको र खुल्न केही दिन लाग्न सक्ने सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार लामोसाँघु बाह्रबिसे, खग्दोल, जम्बु, झ्याले, चाकु, डाक्लाङ गरी ११ ठाउँमा सडक अवरुद्ध भएको हो ।

सुनकोसी खोलामा आएको बाढीले लामोसाँघुमा करिब एक सय मिटर सडक ‘बासआउट’ हुँदा बिहीबारदेखि नै सडक अवरुद्ध भएको हो । त्यसैगरी सुनकोसीले नै खग्दोल भन्ने ठाउँमा अरनिको राजमार्गको ८८ चेनेज र ८९ चेनेजमा १८० मिटर सडक ‘बासआउट’ हुँदा बिहीबारदेखि सडक अवरुद्ध भएको हो । सोही समयमा खग्दोल पुलमा माथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको प्रवक्ता सापकोटाले बताए ।

सोही राजमार्गको जम्बु भन्ने ठाउँमा ६० मिटर सडक ‘बासआउट’ भएको, झ्याले भन्ने ठाउँमा पुल ‘बासआउट’ भएको र डाक्लाङ भन्ने ठाउँमा कजवे बगाउँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आउन अब हुने वर्षामा भर पर्ने प्रवक्ता सापकोटाले स्पष्ट पारे ।

नवलपरासी पूर्वमा पर्ने महेन्द्र राजमार्गको गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित जयश्री पुल नजिक खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको सडक विभागका उपमहानिर्देशक सापकोटाले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ४ बजेदेखि राजमार्ग नै अवरुद्ध भएकोमा आठ घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो । त्यसैगरी नवलपरासीकै दाउन्ने भन्ने ठाउँमा पहिरो जाँदा शनिबार बिहान साढे ८ बजेदेखि महेन्द्र राजमार्ग अवरुद्ध भएकोमा तीन घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

त्यसैगरी रौतहटस्थित महेन्द्र राजमार्गको बाँके–धनसार सडक खण्डमा चन्द्रपुरदेखि तीन किलोमिटर पूर्वमा जुडीबेला भन्ने ठाउँमा कजवे बगाउँदा शुक्रबारदेखि सडक अवरुद्ध भएकोमा शनिबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

त्यसैगरी बीपी राजमार्गको कमेरेफाँट, साँफेबगर–मार्तडी सडकको अम्कोट द्वाबारी खण्डमा बूढीगङ्गाको बहावले पाँच सय मिटर सडक क्षतिग्रस्त बनाउँदा सडक अवरुद्ध भएको हो । त्यसैगरी मध्यपहाडी लोकमार्गको सिन्धुली र उदयपुरको सिमानामा रहेको बादुरे खोलामा पानीको बहाव बढ्दा बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

त्यसैगरी बेनी जोमसोम कोरोला सडकको म्याग्दी दाना र म्याग्दीको गलेश्वर भन्ने ठाउँमा पहिरोका कारण बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यसैगरी मकवानपुरको भीमफेदी–काठमाडौँ सडक खण्डको सिमखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको प्रवक्ता सापकोटाले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ असार २८ आइतवार ०७:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...