back
NMB ad

पहिरोमा वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन परिवार दलको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल परिवार दलले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण वेपता भएकाहरुलाई खोजी गर्न तथा तत्काल राहत तथा स्वास्थ्य उपचारको ब्यस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

दलका महामन्त्री बिनोद डाँगीले आईतबार एक विज्ञप्ति जारी गदै सिन्धुपाल्चोक, म्याग्दी पर्वत जाजरकोट लगायत देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गदै घाईतको उपचार र तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिवार दलले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका सबै संयन्त्रले सम्पूर्ण सामर्थ्य सहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गर्नु पर्नेमा जोड दिएको छ ।

केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिले परिवार दल स्तब्ध भएको भन्दै प्रभावितको उद्धारमा आवश्यक सबै समयन्त्र प्रयोग गर्न आग्रह गरेको छ ।

परिवार दलले बिज्ञप्ति मार्फत असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । परिवार दलले यस्तो संकटको बेला सरकारका तीनवटै तह सक्रिय भएर उद्धारमा लाग्न आवहान गरेको छ ।

परिवार दलले कोरना महामारीसँग अहिले आएको प्राकृति बिपत्तिबाट जनताको जीवन रक्षाको दायित्व सरकारको रहेको स्मरण गराएको छ । परिवार दलले देशै भरिका आफना नेता तथा कार्यकर्तालाई उद्धार मा खट्न आवहान गरेको छ ।

परिवार दले मधेश तराई पहाड लगायतका भविष्यमा आइपर्न सक्ने यस्ता प्राकृतिक प्रकोपले प्रभावित बनाउन सक्ने जोखिमपूर्ण बस्तीहरुको समयमानै अध्ययन गरि आबस्यक पूर्व साबधानी अपनाउन सरकारको ध्यानाकर्षण गर्दछ बिज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ असार २८ आइतवार १६:२४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...