back
NMB ad

बागमती प्रदेशमा ५२ प्रतिशत रोपाइँ सकियो

Kumari bank ad

हेटौँडा । असारको अन्तिम सातासम्म बाग्मती प्रदेशमा ५२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बाग्मती प्रदेशको वर्षे धान बाली हुने कुल क्षेत्रफल एक लाख ३४ हजार २३८ हेक्टरमध्ये ७० हजार ७३ हेक्टर अर्थात् ५२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालसम्म प्रतिशतका दृष्टिले सबैभन्दा बढी ललितपुर, भक्तपुर, काठमाडौँ र दोलखामा रोपाइँ गरिएको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले कोरोना भाइरस सङ्क्रमण जोखिमको त्रासले रोपाइँ प्रभावित भएको छ र असार सकिँदासम्म रोपाइँ भएको क्षेत्रफल बढ्ने बताउनुभयो ।

११ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने मकवानपुरमा हालसम्ममा चार हजार चार सय हेक्टर अर्थात् ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । उता प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने चितवन जिल्लामा ४५ प्रतिशत भागमा मात्र रोपाइँ सम्पन्न भएको छ । चितवनमा २८ हजार छ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेकामा हालसम्म १२ हजार ८७० हेक्टर क्षेत्रफलमा रोपाइँ पूरा भएको छ ।

रोपाइँको समयमा हरेक वर्ष कृषकले मल र बीउको समस्या खेप्दै आएकामा सो क्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । बाग्मती प्रदेशको रसुवामा असारे धान हुने सबैभन्दा कम क्षेत्रफलले ढाकेको छ भने यो वर्ष हालसम्म सबैभन्दा कम प्रतिशत रोपाइँ सिन्धुली जिल्लामा भएको छ ।

यसैगरी नुवाकोटमा १४ हजार पाँच सय हेक्टरमध्ये छ हजार ९६० हेक्टरमा, रसुवामा एक हजार ९३ हेक्टरमध्ये ४४८ हेक्टरमा, ललितपुरमा चार हजार छ सय हेक्टरमध्ये चार हजार १४० हेक्टरमा र भक्तपुरमा चार हजार तीन सय हेक्टरमध्ये तीन हजार ७४१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यस्तै काठमाडौँमा सात हजार ८८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकामा छ हजार ६९८ हेक्टरमा, काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टरमध्ये छ हजार छ सय हेक्टरमा, सिन्धुपाल्चोकमा १२ हजार २३५ हेक्टर क्षेत्रफलमध्ये सात हजार ९५३ हेक्टरमा र रामेछापमा आठ हजार ८१० हेक्टर क्षेत्रफलमध्ये तीन हजार ८४ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दोलखामा दुई हजार ९२० हेक्टर क्षेत्रफलमध्ये दुई हजार ४४ हेक्टरमा, सिन्धुलीमा १५ हजार तीन सय हेक्टरमध्ये चार हजार ८९६ हेक्टरमा र धादिङमा १२ हजार हेक्टरमा वर्षे धान लगाइने गरेकामा छ हजार २४० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

वि.सं.२०७७ असार २९ सोमवार ०९:३५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...